२६ जेठ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यले बिहीबार रातिदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।
मानिसहरुले भिक्टोरियाको लकडाउन पालना गरेकाले अहिले अवस्था सामान्य भएको भन्दै भिक्टोरियाले लकडाउन खुकुलो पार्ने निर्णयगरेको हो ।
भिक्टोरियाको सबैभन्दा ठूलो सहर मेलबर्नमा लगाइएको लकडाउनको कारण मानिसहरु पछिल्लो दुई सातायता अत्यावश्यक कामकालागि बाहेक बाहिर निस्किन पाएका छैनन् ।
भिक्टोरियामा कोरोनाको पहिलोपटक भारतमा फेला परेको डेल्टा भेरियन्ट देखिएसँगै लकडाउन गरिएको थियो । बिहीबारदेखिलकडाउन खुकुलो हुन थाल्ने भए पनि अझै पनि केही प्रतिबन्धहरु भने कायमै रहनेछन् ।
‘यो खुसीको दिन हो । हामी सबैले एकसाथ यो उपलब्धि हात पारेका छौं । यो सबैको लागि गर्वको विषय हो’, भिक्टोरियाकाकार्यवाहक प्रिमियर जेम्स मार्लिनोले बताए ।
यद्यपि, अझै पनि जोखिम नटरेको मार्लिनोको भनाइ छ । कोरोनाको भाइरस अझै पनि मानिसहरुमा हुन सक्ने भएकाले सतर्क रहन उनलेसबैसँग आग्रह गरेका छन् ।
लकडाउन खुलेपनि भिक्टोरियामा मानिसहरुलाई भेला गर्न र जान रोक लगाइएको छ भने बाहिर वा बन्द कोठामा दिइने सेवामा मास्कअनिवार्य गरिएको छ ।
एजेन्सीको सहयोगमा
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…