Categories: राशिफल

पञ्चाङ्ग सहित तपाइको राशिफल

ज्यो. जयराम सापकोटा, पाल्पा । आज मिति वि.सं.२०७७ फागुन २५ मंगलवार, तदानुसार 2021 Mar  09 तारिख, फाल्गुण कृष्ण पक्ष उत्तराषाढा नक्षत्र मकर रासी, विजया एकादशी ।

मेष: (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राम्रो व्यवहार पुर्याउन नसक्नाले झगडा र विवाद हुनेछ ,सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्,तनाव बढाउने देखिन्छ, कर्मवृत्तिका सामान्यतया अनुकूल रहनेछन्,आजको शुभ अंक ११ रहेको छ।
बृष: (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्तबीच अविश्वास बढ्ला,अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ,खर्च गर्नुपरे पनि वैदेशिक यात्राबाट लाभ मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।
मिथुन:-(का,की,कू,घ,ङ,छ,के,को,हा)
काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ,भेटघाट हुनेछ र तिनीहरूको सल्लाह र सद्भाव प्राप्त हुनेछ ,दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ र सन्तानबाट प्रसन्नता मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ।
कर्कट:- (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सवारी साधनको प्रयोग होसियारीसाथ गर्नुपर्ने बेला छ,पढाइलेखाइमा सामान्य प्रगति र नोकरीमा केही चुनौतीको योग छ,गोपनीयतामा जोडदिनुहोला,आजको शुभ अंक १ रहेको छ ।
सिहं:- (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)–
विरोधीहरू बढ्नाले आँटेका काममा केही चुनौती देखापर्ने सम्भावना छ,कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ,पढाइलेखाइ अपूर्ण देखिन्छ,अनावश्यक खर्च,कर्जा र चोटपटकका कारक देखिन्छन्,आजको शुभ अंक १२ रहेको छ।
कन्या: (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला,सन्तानबाट सुख मिल्ने योग छ,रोकिएका काम सुरु हुनेछन् आर्थिक उपार्जनमा सुधार आउनेछ,घरमा मंगलमय कार्य सम्पादन हुनेछन्,आजको शुभ अंक ३ रहेको छ।
तुला:- (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,स्थायी सम्पत्ति बिक्री हुन सक्छ, काममा बाधा,अस्वस्थता,मिथ्या आरोप र अरूबाट अन्याय सहन गर्नुपर्ने अवस्था आउनेछ,आजको शुभ अंक ९ रहेको छ।
बृश्चिक:- (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ ,पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ,मानसम्मान पाइनेछ,लगानीको प्रतिफल व्यापार व्यवसायमा लाभ मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।
धनु:- (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
स्थायी सम्पत्तिमा केही विवाद आउला,धर्मकर्ममा मन जाला,पढाइलेखाइमा प्रगति हुनेछ निजी व्यवसायमा लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ,चौपायाबाट पनि सोचेको फाइदा नहुन सक्छ,आजको शुभ अंक ५ रहेको छ।
मकर:-(भो,जा,जी,ख,खी,खू,खे,खो,गा,गी)
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ,शिक्षा र साझेदारीमा फाइदा हुनेछ,चिन्ता,आलस्य र अस्थिरताका कारक देखिन्छन्,आफ्नै कमजोरीले फाइदा गुम्न सक्छ, आजको शुभ अंक ८ रहेको छ।
कुम्भ:- (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
यात्रामा समस्या आउने,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ,बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ, भूमि,घर अथवा वाहन प्राप्तिको योग छ,विद्यार्थीहरूका लागि विशेष उपलब्धि हुनेछ, आजको शुभ अंक ६ रहेको छ।
मीन:-(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ,पारिवारिक असमझदारी,आत्मीय जनसँग बिछोड र खिन्नता निम्त्याउने देखिन्छ, एक्लोपनाको अनुभूति हुनेछ,आजको शुभ अंक १० रहेको छ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago