सात प्रहरी उपरीक्षकको सरुवा, १६ जनाको पदस्थापन

काठमाडौँ , माघ २७ 

नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) लाई सरूवा गरिएको छ।

फाइल फोटो

मंगलवार प्रधान कार्यालयले गरेको सरुवा अनुसार चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीलाई लगिएको छ। त्यहाँ कार्यरत नान्तिराज गुरुङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ।यस्तै अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखाका दीपशमशेर जबराको नेपाल प्रहरी सशस्त्र गण-१ नक्सालमा सरूवा भएको छ। साइबर ब्युरो का साइबर अपराध अनुसन्धान शाखाका रेवती ढकालको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण-२ महाराजगन्जमा भएको छ।

त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखाका भोलाबहादुर रावलको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरमा सरूवा भएको हो।यस्तै, हालै बढुवा भएका १६ जना प्रहरी उपरीक्षकको पनि पदस्थापन भएको छ। भुवनेश्वर तिवारीको १ नम्बर प्रदेश प्रहरी कार्यालय, ऋषिराम कँडेलको लागुऔषध नियन्त्रण ब्युरो, सुरेशप्रसाद काफ्लेको नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, अमरेन्द्रबहादुर सिंहको महिला बालबालिका शाखा, श्यामसिंह चौधरीको काठमाडौं उपत्यका प्रहरी कार्यालय, नहकुल पोखरेलको कार्य तथा अपराध अनुसन्धान विभाग, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा सरुवा भएको छ।

योगेन्द्रसिंह थापाको सुदूरपश्चिम प्रदेश कार्यालय, महेन्द्र श्रेष्ठको १ नम्बर प्रदेश आर्थिक प्रशासन, दिलीप घिमिरेको सूचना विश्लेषण शाखा, वीरेन्द्रबहादुर शाहीको अख्तियार र राजेन्द्रबाबु रेग्मीको प्रदेश कार्यालय पोखरा सरुवा भएको छ।यस्तै, सुवास बोहराको प्रदेश प्रहरी कार्यालय धनुषा, पदमबहादुर विष्टको प्रदेश कार्यालय सुर्खेत, वासुदेव खतिवडाको प्रदेश कार्यालय काभ्रे, प्रजित केसीको साइबर ब्युरो, राजकुमार सिलवालको बागमती प्रदेश कार्यालय सरुवा भएको छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago