१० महिना पछि खुल्यो रानिमहल

पाल्पा, २५ पुस । कोरोना संक्रमणका कारण बन्द रहेको रानिमहल दरबार खुला भएको छ । दरबार भित्र प्रबेश गर्न स्वास्थ्यका न्युनतम मापदण्ड पूरा गर्नुपर्छ । दरबार अवलोकन गर्न आउनेहरुलाई ग्रुप-ग्रुप मिलाएर पालैपालो अवलोकन गराउने ब्यवस्था मिलाईएको छ । रानिमहल दरबारको सुरक्षार्थ खटिएको अस्थायी प्रहरी बिट रानिमहलका प्रहरी हवल्दार खेम बहादुर केसीका अनुसार अवलोकनकर्तालाई माक्स अनिवार्य गराइएको छ ।

लकडाउन हुन भन्दा पहिला दैनिक सरदर ३ सय को हाराहारीमा अवलोकनकर्ताहरु घुम्न आउने गर्थे । कोरोना प्रभाबका कारण अहिले भने सरदर १ सय ५० जना घुम्न आउने गरेको रानिमहल प्रबेस टिकटबाट देखिन्छ । शुक्रबार र शनिवार भने निकै भिड लाग्ने गर्छ । तानसेन नगरपालिका ले दरबार अवलोकन गर्न आउने विद्यार्थीलाई १० र साधारणलाई २० रुपैया प्रबेश टिकट लिने गरेको छ ।

विक्रम सम्बत १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए। पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको सीमानामा कालीगण्डकी किनारमा बनाइएको ताजमहल जिल्ला सदरमुकाम तानसेनदेखि १४ किलोमिटर उत्तरमा छ । करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा छन्। ताजमहलको  परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ ।

पाल्पाको मुख्य पर्यटकिय क्षेत्र बनेको रानिमहलमा दरबार भित्रका खाली कोठा ऐतिहासिक बस्तुहरु ल्याई सजावट गर्न आवस्यक छ । दरबार लाई संग्रहालयको रुपमा बिकास गरेमा पर्यटकहरु अझै बढ्ने देखिन्छ ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago