१० महिना पछि खुल्यो रानिमहल

पाल्पा, २५ पुस । कोरोना संक्रमणका कारण बन्द रहेको रानिमहल दरबार खुला भएको छ । दरबार भित्र प्रबेश गर्न स्वास्थ्यका न्युनतम मापदण्ड पूरा गर्नुपर्छ । दरबार अवलोकन गर्न आउनेहरुलाई ग्रुप-ग्रुप मिलाएर पालैपालो अवलोकन गराउने ब्यवस्था मिलाईएको छ । रानिमहल दरबारको सुरक्षार्थ खटिएको अस्थायी प्रहरी बिट रानिमहलका प्रहरी हवल्दार खेम बहादुर केसीका अनुसार अवलोकनकर्तालाई माक्स अनिवार्य गराइएको छ ।

लकडाउन हुन भन्दा पहिला दैनिक सरदर ३ सय को हाराहारीमा अवलोकनकर्ताहरु घुम्न आउने गर्थे । कोरोना प्रभाबका कारण अहिले भने सरदर १ सय ५० जना घुम्न आउने गरेको रानिमहल प्रबेस टिकटबाट देखिन्छ । शुक्रबार र शनिवार भने निकै भिड लाग्ने गर्छ । तानसेन नगरपालिका ले दरबार अवलोकन गर्न आउने विद्यार्थीलाई १० र साधारणलाई २० रुपैया प्रबेश टिकट लिने गरेको छ ।

विक्रम सम्बत १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए। पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको सीमानामा कालीगण्डकी किनारमा बनाइएको ताजमहल जिल्ला सदरमुकाम तानसेनदेखि १४ किलोमिटर उत्तरमा छ । करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा छन्। ताजमहलको  परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ ।

पाल्पाको मुख्य पर्यटकिय क्षेत्र बनेको रानिमहलमा दरबार भित्रका खाली कोठा ऐतिहासिक बस्तुहरु ल्याई सजावट गर्न आवस्यक छ । दरबार लाई संग्रहालयको रुपमा बिकास गरेमा पर्यटकहरु अझै बढ्ने देखिन्छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago