अझै भक्कानिन्छिन् आमा

जनकपुरधामखोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा २४ वर्षीय दिलीप महतो मारिएको एक वर्ष पूरा भएको छ। आमाचन्द्रकलादेवी छोरो सम्झिएर अझै भक्कानिन्छिन्।
चौबीसै घण्टा मन भइरहन्छ कि खोलामा गएको मेरो छोरो कति खेर फर्केर घर आउँछ’, चन्द्रकलाले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘फूलजस्तो बेटालाई दुस्मनहरूले पेचकसले घोचेर घाइते बनाई टिपरले किचेर ज्यान लिए। मेरो छोरोलाई पापीहरूले हात लगायो भनेरथाहा पाएको भए आधी प्राणमा पनि बचाएर ल्याउँथें।

अवैध उत्खनन रोक्न खोज्दा दिलीप मारिएको एक वर्ष पूरा

धनुषाको मिथिला नगरपालिका श्रीपुरका दिलीप भनिने ओमप्रकाशको गत वर्ष २५ पुसमा क्रसरका माफियाले ज्यान लिएका थिए।त्यसमा चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी विपिन महतोको समूहको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएकोथियो।

घटनाको दिन बिहानै घरनजिकै औरही खोलामा क्रसर डनले अवैध रूपमा बालुवाढुंगा निकालिरहेका थिए। टिपर लोडर चलेकोआवाज सुनेर दिलीप त्यसलाई रोक्न साथी रोशन यादवसँग खोलामा गएका थिए। रोक्ने क्रममा क्रसरधनी विपिनसँग विवाद भयो।त्यसपछि विपिनको समूहको संलग्नतामा दिलीप मारिएको जनाइएको थियो। त्यसपछि प्रदेश सरकारले पुस २८ गते प्रदेशका सबैक्रसर बन्द गरायो। 

न्याय मागेका दिलीपको परिवारलाई प्रदेश सरकारले राहतस्वरूप लाखको चेक थमायो। किटानी जाहेरी परेका केही आरोपितलाईअदालतले धरौटीमा छाड्यो। उनीहरू गाउँमा खुलेआम रहेकाले पीडित परिवार त्रासमा छ।न्यायको आस गरेका हामीलाई थप अघि बढेबमले उडाइदिने धम्की आइरहेको ’, दिलीपका बुवा रामजीवनले भने।

धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यो मुद्दामा २९ माघ ०७६ मा आदेश गरेको थियो। उक्तआदेशपछि क्रसरधनी विपिन, उनका क्रसरमा काम गर्ने लोडर चालक महोत्तरीको बर्दिबास१२ बिजलपुरास्थित चल्की टोलकाजितेन्द्रकुमार महतो बर्दिबास पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो सिन्धुली करागारमा छन्।

रामजीवनले धरौटीमा छाडिएकाहरू गाउँमा खुलेआम डुलिरहेको बताए।न्यायका लागि प्रहरी अदालतमा धाउँदाधाउँदा पैतालाखिइसक्यो’, उनले भने, ‘सात जनाउपर किटानीजाहेरी दिएको थिएँ। तीन जना मात्रै जेलमा छन्। चार जनालाई अदालतले धरौटीमाछाडेको छ। धरौटीमा छुटेकाहरू अहिले मुद्दा अगाडि बढाइस् भने बमले उडाइदिने धम्की दिइरहेका छन्।
तीन जना जनही २५ हजार धरौटीमा छुटेका थिए। त्यसरी छुट्नेमा दिलीपका साथी रोशन, टिपरका सहचालक सत्यनारायण यादव क्रसरका मिस्त्री शत्रुधन यादव छन्। दिलीप मारिएका बेला तीनै जना घटनास्थलमा थिए।तीनै जनाले रोकेको भए मेरो छोरो अहिलेबाँचेको हुन्थ्यो’, रामजीवनले भने। क्रसरधनी विपिनका दाजु विनोदलाई पनि पीडित पक्षले दिलीपको हत्या घटनाको योजनाकार भन्दैकिटानी जाहेरी दिएको थियो। उनलाई प्रहरीले छाडेको भन्दै पीडित परिवारले गुनासो गरेको छ।

धरौटीमा छुटेकाहरूलाई पक्राउ गर्नुपर्ने माग गर्दै रामजीवनले फागुन २०७६ मा उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेका थिए।उच्चले जिल्ला अदालतकै आदेशलाई सदर गरिदिएको उनले बताए।अब सर्वोच्चमा गएर अपराधीविरुद्धको लडाइँ लड्छु’, उनले भने।

बहिनी दुई भाइमा दिलीप जेठो थिए। परिवारजनले ऋण काढेर उनलाई भारतमा इन्जिनियरिङ पढाइरहेका थिए। कमाएर तिर्ने आँट, भरोसा थियो। तर, दिलीपको हत्यापछि परिवार शोकमा पर्‍यो नै ऋणको बोझ थपिएको छ।

दिलीपको घरभन्दा पूर्वतर्फ औरही खोला पर्छ। जहाँ क्रसरवालाले जथाभावी बालुवाढुंगा उत्खनन गरेर दुःख दिइरहेका छन्। दोेहनलेवर्षात्मा बाढीले धार फेर्छ। उब्जाउ जग्गा स्वाट्टै बग्छ। हिउँदमा खानेपानीको मुहान सुक्छ। अवैध उत्खनन रोकेर यो समस्याबाटगाउँलेलाई छुटकारा दिलाउन चाहन्थे दिलीप। तर, क्रसर माफिया चुरेको भावर क्षेत्रको दोहन गरेर करोडपति बन्न चाहन्थे। दिलीपकोबोलीमा गाउँले साथ दिन्थे। उनको बोलीले क्रसरवालालाई अवरोध हुन्थ्यो। त्यो अवरोधले क्रसर डन खोला ठेकेदारलाई पचेन।

प्राकृतिक स्रोतसाधनको संरक्षण गर्ने क्रममा दिलीपको ज्यान गएकाले उनलाई  पर्यावरण सहिद घोषणा गर्न परिवारजनले सरकारसमक्षमाग गरेका छन्। उनको नामबाट प्रतिष्ठान गठन गरी यो माग अघि बढाइएको हो।

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago