अझै भक्कानिन्छिन् आमा

जनकपुरधामखोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा २४ वर्षीय दिलीप महतो मारिएको एक वर्ष पूरा भएको छ। आमाचन्द्रकलादेवी छोरो सम्झिएर अझै भक्कानिन्छिन्।
चौबीसै घण्टा मन भइरहन्छ कि खोलामा गएको मेरो छोरो कति खेर फर्केर घर आउँछ’, चन्द्रकलाले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘फूलजस्तो बेटालाई दुस्मनहरूले पेचकसले घोचेर घाइते बनाई टिपरले किचेर ज्यान लिए। मेरो छोरोलाई पापीहरूले हात लगायो भनेरथाहा पाएको भए आधी प्राणमा पनि बचाएर ल्याउँथें।

अवैध उत्खनन रोक्न खोज्दा दिलीप मारिएको एक वर्ष पूरा

धनुषाको मिथिला नगरपालिका श्रीपुरका दिलीप भनिने ओमप्रकाशको गत वर्ष २५ पुसमा क्रसरका माफियाले ज्यान लिएका थिए।त्यसमा चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी विपिन महतोको समूहको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएकोथियो।

घटनाको दिन बिहानै घरनजिकै औरही खोलामा क्रसर डनले अवैध रूपमा बालुवाढुंगा निकालिरहेका थिए। टिपर लोडर चलेकोआवाज सुनेर दिलीप त्यसलाई रोक्न साथी रोशन यादवसँग खोलामा गएका थिए। रोक्ने क्रममा क्रसरधनी विपिनसँग विवाद भयो।त्यसपछि विपिनको समूहको संलग्नतामा दिलीप मारिएको जनाइएको थियो। त्यसपछि प्रदेश सरकारले पुस २८ गते प्रदेशका सबैक्रसर बन्द गरायो। 

न्याय मागेका दिलीपको परिवारलाई प्रदेश सरकारले राहतस्वरूप लाखको चेक थमायो। किटानी जाहेरी परेका केही आरोपितलाईअदालतले धरौटीमा छाड्यो। उनीहरू गाउँमा खुलेआम रहेकाले पीडित परिवार त्रासमा छ।न्यायको आस गरेका हामीलाई थप अघि बढेबमले उडाइदिने धम्की आइरहेको ’, दिलीपका बुवा रामजीवनले भने।

धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यो मुद्दामा २९ माघ ०७६ मा आदेश गरेको थियो। उक्तआदेशपछि क्रसरधनी विपिन, उनका क्रसरमा काम गर्ने लोडर चालक महोत्तरीको बर्दिबास१२ बिजलपुरास्थित चल्की टोलकाजितेन्द्रकुमार महतो बर्दिबास पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो सिन्धुली करागारमा छन्।

रामजीवनले धरौटीमा छाडिएकाहरू गाउँमा खुलेआम डुलिरहेको बताए।न्यायका लागि प्रहरी अदालतमा धाउँदाधाउँदा पैतालाखिइसक्यो’, उनले भने, ‘सात जनाउपर किटानीजाहेरी दिएको थिएँ। तीन जना मात्रै जेलमा छन्। चार जनालाई अदालतले धरौटीमाछाडेको छ। धरौटीमा छुटेकाहरू अहिले मुद्दा अगाडि बढाइस् भने बमले उडाइदिने धम्की दिइरहेका छन्।
तीन जना जनही २५ हजार धरौटीमा छुटेका थिए। त्यसरी छुट्नेमा दिलीपका साथी रोशन, टिपरका सहचालक सत्यनारायण यादव क्रसरका मिस्त्री शत्रुधन यादव छन्। दिलीप मारिएका बेला तीनै जना घटनास्थलमा थिए।तीनै जनाले रोकेको भए मेरो छोरो अहिलेबाँचेको हुन्थ्यो’, रामजीवनले भने। क्रसरधनी विपिनका दाजु विनोदलाई पनि पीडित पक्षले दिलीपको हत्या घटनाको योजनाकार भन्दैकिटानी जाहेरी दिएको थियो। उनलाई प्रहरीले छाडेको भन्दै पीडित परिवारले गुनासो गरेको छ।

धरौटीमा छुटेकाहरूलाई पक्राउ गर्नुपर्ने माग गर्दै रामजीवनले फागुन २०७६ मा उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेका थिए।उच्चले जिल्ला अदालतकै आदेशलाई सदर गरिदिएको उनले बताए।अब सर्वोच्चमा गएर अपराधीविरुद्धको लडाइँ लड्छु’, उनले भने।

बहिनी दुई भाइमा दिलीप जेठो थिए। परिवारजनले ऋण काढेर उनलाई भारतमा इन्जिनियरिङ पढाइरहेका थिए। कमाएर तिर्ने आँट, भरोसा थियो। तर, दिलीपको हत्यापछि परिवार शोकमा पर्‍यो नै ऋणको बोझ थपिएको छ।

दिलीपको घरभन्दा पूर्वतर्फ औरही खोला पर्छ। जहाँ क्रसरवालाले जथाभावी बालुवाढुंगा उत्खनन गरेर दुःख दिइरहेका छन्। दोेहनलेवर्षात्मा बाढीले धार फेर्छ। उब्जाउ जग्गा स्वाट्टै बग्छ। हिउँदमा खानेपानीको मुहान सुक्छ। अवैध उत्खनन रोकेर यो समस्याबाटगाउँलेलाई छुटकारा दिलाउन चाहन्थे दिलीप। तर, क्रसर माफिया चुरेको भावर क्षेत्रको दोहन गरेर करोडपति बन्न चाहन्थे। दिलीपकोबोलीमा गाउँले साथ दिन्थे। उनको बोलीले क्रसरवालालाई अवरोध हुन्थ्यो। त्यो अवरोधले क्रसर डन खोला ठेकेदारलाई पचेन।

प्राकृतिक स्रोतसाधनको संरक्षण गर्ने क्रममा दिलीपको ज्यान गएकाले उनलाई  पर्यावरण सहिद घोषणा गर्न परिवारजनले सरकारसमक्षमाग गरेका छन्। उनको नामबाट प्रतिष्ठान गठन गरी यो माग अघि बढाइएको हो।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago