लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, मन्त्री घर्तीबाट सुरुवात

हरि जि.सी.
पाल्पा, २२ मङ्सिर ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरिएको छ । कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले १६ दिने अभियानको उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा सहभागीले विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य जरुरी रहेको औल्याएका छन । कसेनिको दिब्यज्योती माबिमा भएको कार्यक्रममा उक्त कुरा बताएका हुन ।

नेपालमा १६ दिने अभियानको शुरुवात नेपालमा वि सं २०५४ सालदेखि भएको थियो । सरकारले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो । महिला विरुद्धको हिंसा अन्त्यका लागि सन १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मीको समुहले सुरुवात गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको थियो । यो अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भइसकेको छ ।

माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापा मगरले विभेदको अन्त्यका लागी समानता, महिलाको आफ्नो शरिरमाथिको निर्णय र गतिशीलताको अधिकार सुनिम्चित नभएसम्म महिलाहरु स्वतन्त्र र मर्यादित जीवन यापन गर्न पाउने अधिकारबाट बञ्चित हुनुका साथै, नेपालको संविधान, नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिद्ध्धताहरु पूर्ण पालना गर्दै, महिला भएकै कारणले भोग्नुपर्ने विभेद तथा हिंसाको अन्त्य गर्ने वातावरण तयार गर्न हामी सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका माथागढी गाउपालिका उपाध्यक्ष निर्मला भट्टराईले समुदायमा अझै महिला पुरुष नै हिंसा परिरहेको हुँदा यस अभियान व्यापक रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । भट्टराईले कार्यालयमा धेरै किसिमका हिंसाका घटना आउने गरे पनि त्यसलाई मेलमिलाप समितिले मिलाउने र नमिल्ने केशलाई रिफर गरिएको बताउनुभयो ।

माथागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवलीले नेपाल सरकारले लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको र यस वर्ष २०७६ लाई नेपाल सरकारले लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा घोषणा गर्नुका साथै कार्ययोजना नै बनाएर स्थानीयतहदेखि संघ तहसम्म विभिन्न अभियानमुलक कार्यक्रमहरु सञ्चालन गदै आईरहेको बताउनुभयो ।

माथागढी गाउँपालिकाका वडा अध्यक्ष शिब प्रशाद घिमिरे, दिपक थापा, जनक रिजेल, कार्यपलिका सदस्य तथा वडा सदस्यहरु उपस्थिती रहेको थियो । कार्यक्रममा माथागढी गाउँपालिकाका स्वास्थ शाखा समयोजक केशव जि.सि, माथागढी गाउँपालिकाका शिक्षा कार्यक्रम संमयोजक अशोष भट्टराई, नेपाल प्रत्रकार माहसघ अध्यक्ष रेखिराम राना, शिक्षक शिक्षिका अभिभाबक विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलयका सचिब राजेन्द्र थापाको सभापत्विमा भएको कार्यक्रममा अतिथिलाइ दिब्य ज्योती मा.बि प्र.अ.नारायण आर्चयले स्वागत र मन्त्रालयका कानुन अधिकृत सिता घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रम दिब्यज्योती माबी कसेनीमा भएको थियो ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago