लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, मन्त्री घर्तीबाट सुरुवात

हरि जि.सी.
पाल्पा, २२ मङ्सिर ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरिएको छ । कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले १६ दिने अभियानको उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा सहभागीले विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य जरुरी रहेको औल्याएका छन । कसेनिको दिब्यज्योती माबिमा भएको कार्यक्रममा उक्त कुरा बताएका हुन ।

नेपालमा १६ दिने अभियानको शुरुवात नेपालमा वि सं २०५४ सालदेखि भएको थियो । सरकारले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो । महिला विरुद्धको हिंसा अन्त्यका लागि सन १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मीको समुहले सुरुवात गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको थियो । यो अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भइसकेको छ ।

माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापा मगरले विभेदको अन्त्यका लागी समानता, महिलाको आफ्नो शरिरमाथिको निर्णय र गतिशीलताको अधिकार सुनिम्चित नभएसम्म महिलाहरु स्वतन्त्र र मर्यादित जीवन यापन गर्न पाउने अधिकारबाट बञ्चित हुनुका साथै, नेपालको संविधान, नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिद्ध्धताहरु पूर्ण पालना गर्दै, महिला भएकै कारणले भोग्नुपर्ने विभेद तथा हिंसाको अन्त्य गर्ने वातावरण तयार गर्न हामी सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका माथागढी गाउपालिका उपाध्यक्ष निर्मला भट्टराईले समुदायमा अझै महिला पुरुष नै हिंसा परिरहेको हुँदा यस अभियान व्यापक रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । भट्टराईले कार्यालयमा धेरै किसिमका हिंसाका घटना आउने गरे पनि त्यसलाई मेलमिलाप समितिले मिलाउने र नमिल्ने केशलाई रिफर गरिएको बताउनुभयो ।

माथागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवलीले नेपाल सरकारले लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको र यस वर्ष २०७६ लाई नेपाल सरकारले लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा घोषणा गर्नुका साथै कार्ययोजना नै बनाएर स्थानीयतहदेखि संघ तहसम्म विभिन्न अभियानमुलक कार्यक्रमहरु सञ्चालन गदै आईरहेको बताउनुभयो ।

माथागढी गाउँपालिकाका वडा अध्यक्ष शिब प्रशाद घिमिरे, दिपक थापा, जनक रिजेल, कार्यपलिका सदस्य तथा वडा सदस्यहरु उपस्थिती रहेको थियो । कार्यक्रममा माथागढी गाउँपालिकाका स्वास्थ शाखा समयोजक केशव जि.सि, माथागढी गाउँपालिकाका शिक्षा कार्यक्रम संमयोजक अशोष भट्टराई, नेपाल प्रत्रकार माहसघ अध्यक्ष रेखिराम राना, शिक्षक शिक्षिका अभिभाबक विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलयका सचिब राजेन्द्र थापाको सभापत्विमा भएको कार्यक्रममा अतिथिलाइ दिब्य ज्योती मा.बि प्र.अ.नारायण आर्चयले स्वागत र मन्त्रालयका कानुन अधिकृत सिता घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रम दिब्यज्योती माबी कसेनीमा भएको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago