गाउँपालिकाद्वारा बिद्यालयहरुको आक्स्मिक अनुगमन

हरि जिसी, पाल्पा, २२ मंसिर । माथागढी गाउँपालिकाले बिद्यालयहरुको आक्स्मिक अनुगमन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा प्रवक्ता मधु पराजुली, शिक्षा कार्यक्रम संयोजक अशेष भट्टराई र शिक्षा सम्पर्क ब्यक्ति गजेन्द्र पन्थीको टोलीले पालिकाका बिद्यालयहरुको अनुगमन गरेको हो । मङ्सिर २१ गते वडा न ४ का किसान मावि र कर्णधार प्राविमा बिद्यालय समयको पहिलो प्रहरमै अनुगमन गरिएको हो। अनुगमनका क्रममा शिक्षक विद्यार्थी हाजिरी, बैठकका निर्णय र नियमितता, सम्पुर्ण कक्षा अवलोकन, भौतिक तथा प्रशासनिक पक्षको सूक्ष्म अनुसन्धान गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनु भयो। कुनै पुर्व सुचना बिना गरिएको आकस्मिक अनुगमनले बिद्यालयको यथार्थ अवस्था जानकारी हुने हुनाले त्यसबाट बिद्यालयका सबल र सुधार गर्नुपर्ने पक्षहरु केलाउन सकिने हुनाले यस्तो अनुगमन गरिएको शिक्षा कार्यक्रम संयोजक भट्टराईले बताउनु भयो। बिद्यार्थी, शिक्षक र प्रअसङ्गको छलफल, कागजात निरिक्षण, सबैकक्षा अवलोकन र भौतिक निरिक्षण पश्चात बिद्यालयको सबल र सुधार गर्नुपर्ने कुराहरु लिखित रुपमै दिइएकोले बिद्यालयको गुणस्तर सुधार हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिका भित्रका सम्पुर्ण ४५ वटै बिद्यालयमा यस्तै आकस्मिक निरिक्षण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले जानकारी दिनुभयो।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago