सांकेतिक तस्बिर फाइल फोटो
पाल्पा । निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१ ख ४६६९ नं को खाली टिप्पर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नं को टिप्परको बीचमा टाउको च्यापिदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले बताए।
त्यस्तै पाल्पाकै रामपुर ५ बेझाडमा ट्र्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही इसरापुरका जय किसान चौधरीका छोरी मुन्न चौधरी रहेको बताइएको छ।
हाईड्रोलिक पाइप मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा घाइते भएकोमा उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…