यो साता सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ । यस साता सेयर बजारले ३१ सय बिन्दु पार गरेर अर्को नयाँ उचाई कायम गरेको हो । बुधबार नेप्से परिसूचक ३१२३.२४ विन्दुमा पुगी बन्द भया । यो विन्दु बन्द हुँदाकाे हालसम्मकै उच्च विन्दु हो ।
यस साता नेप्से परिसूचक २७ दशमलव ६२ अंकले बढेर ३१०७ दशमलव ४५ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ३०७९ दशमलव ८३ विन्दुमा रोकिएको थियो ।
सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् । लगानीकर्ताहरूकाे उत्साहका कारण काराेबार रकममा पनि राम्रै देखिन थालेको छ ।
यस साता सेन्सेटिभ परिसूचक पनि ८.१५ अंकले बढेर ५७९ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ५७० दशमलव ८५ विन्दुमा रोकिएको थियो ।
बजार पुँजीकरणको कुरा गर्नुपर्दा नेप्से परिसूचकले नयाँ रेकर्ड बनाउँदा बजार पुँजीकरण पनि हालसम्मकै उच्च भएकाे छ । याे साता बजार पुँजीकरण ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख पुगेको छ । गत साताको तुलनामा यस साता बजार पूँजीकरण ५३ अर्ब ८० करोड रुपैयाँले बढेको छ ।
यस साता सेयर कारोबार भने अघिल्लो साताको तुलनामा घटेको छ । यस साता १३ करोड १० लाख २४ हजार कित्ता सेयर कारोबार भएको छ । जबकी अघिल्लो साता १६ करोड ७५ लाख ६६ हजार कित्ता सेयर कारोबार भएको थियो ।
यस साता सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा जीवन विकास लघुवित्त वित्ती संस्था लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश युनियन लाइफ इन्स्योरेन्स लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ता रहेका छन् ।
यस साता सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश चन्द्रागिरी हिल्स लिमिटेड र लक्ष्मी उन्नति कोषका लगानीकर्ता रहेका छन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…