यो साता सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ । यस साता सेयर बजारले ३१ सय बिन्दु पार गरेर अर्को नयाँ उचाई कायम गरेको हो । बुधबार नेप्से परिसूचक ३१२३.२४ विन्दुमा पुगी बन्द भया । यो विन्दु बन्द हुँदाकाे हालसम्मकै उच्च विन्दु हो ।
यस साता नेप्से परिसूचक २७ दशमलव ६२ अंकले बढेर ३१०७ दशमलव ४५ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ३०७९ दशमलव ८३ विन्दुमा रोकिएको थियो ।
सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् । लगानीकर्ताहरूकाे उत्साहका कारण काराेबार रकममा पनि राम्रै देखिन थालेको छ ।
यस साता सेन्सेटिभ परिसूचक पनि ८.१५ अंकले बढेर ५७९ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ५७० दशमलव ८५ विन्दुमा रोकिएको थियो ।
बजार पुँजीकरणको कुरा गर्नुपर्दा नेप्से परिसूचकले नयाँ रेकर्ड बनाउँदा बजार पुँजीकरण पनि हालसम्मकै उच्च भएकाे छ । याे साता बजार पुँजीकरण ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख पुगेको छ । गत साताको तुलनामा यस साता बजार पूँजीकरण ५३ अर्ब ८० करोड रुपैयाँले बढेको छ ।
यस साता सेयर कारोबार भने अघिल्लो साताको तुलनामा घटेको छ । यस साता १३ करोड १० लाख २४ हजार कित्ता सेयर कारोबार भएको छ । जबकी अघिल्लो साता १६ करोड ७५ लाख ६६ हजार कित्ता सेयर कारोबार भएको थियो ।
यस साता सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा जीवन विकास लघुवित्त वित्ती संस्था लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश युनियन लाइफ इन्स्योरेन्स लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ता रहेका छन् ।
यस साता सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश चन्द्रागिरी हिल्स लिमिटेड र लक्ष्मी उन्नति कोषका लगानीकर्ता रहेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…