बुटवल-तानसेन सडक खण्ड अवरुद्ध,एक जना बेपत्ता ,एक जनाको मृत्यु

२०७८, २४ असार बिहीबार ११:१५

बुटवल । पहिरोले गर्दा सिध्दार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्ड अवरुद्ध भएको छ । दोभान प्रहरी चौकीका अनुसार हिउँदे खोला, झुम्सा,दोभानका विभिन्न स्थानका साथै सिध्दबाबामा पनि पहिरो खसेको छ ।

फाइल फोटो

ठाउँ ठाउँमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध छ । पाल्पाको तिनाउ गाउँपालिका–५ मा आज पहिरोले ६ घर बगाउनुका साथै एक जनाको मृत्यु भएको छ भने एकजना बालक हराएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते हुनुका साथै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका हुन् । नरबहादुर राना,आकाश तामाङ,हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु