युनियन लाइफ इन्सुरेन्सले आज बिहीबार (असार २४ गते) बाट ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुल्ला

काठमाडौं : युनियन लाइफ इन्सुरेन्सले बिहीबार (असार २४ गते) बाट आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । यसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा साउन ७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ 
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले युनियन लाइफलाई ‘इक्राएनपी आइआर बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँछ । इक्राले सन् २०२१ मे १७ मा उक्त रेटिङ दिएको हो । यो रेटिङ सन् २०२२ मे १६ सम्म बाहल रहनेछ ।
कति कित्ता सेयर भर्ने ? 
पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या २० लाख भन्दा बढी पुग्न थालेको छ । विगतमा परेको आवेदनलाई आधार मान्ने हो भने युनियन लाइफको सेयर पाउन पनि लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने अवस्था आएको छ । यस कम्पनीले सर्वसाधारणका लागि ५८ लाख ५ हजार कित्ता निष्कासन खुला गरेको हो । यसआधारमा, न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ५ लाख ८० हजार ५०० जना लगानीकर्ताले मात्र यो आइपीओ हात पार्ने देखिन्छ ।

तसर्थ, युनियन लाइफको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पर्याप्त हुने देखिन्छ । यद्दपि, यस कम्पनीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनी सम्बन्धी विवरण 
युनियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित भई बिमा ऐन, २०४९, बिमा नियमावली २०४९ बमोजिम बिमा व्यवसायको कारोबार गर्ने इजाजत प्राप्त संस्था हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय सिद्घार्थनगर नगरपालिका वडा न. ८, रुपन्देहीमा रहेको छ । कारोबार गर्ने मुख्य स्थान काठमाडौ महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वर काठमाडांैमा रहेको छ ।
युनियन लाइफ विसं २०७४ असोज ४ गतेदेखि बिमा व्यवसाय गर्दै आइरहेको छ । हाल यस इन्सुरेन्सले विभिन्न शाखा तथा उपशाखा गरी २०४ वटा कार्यालयबाट बिमा सेवा प्रदान गरिरहेको छ । आवश्यकता अनुसार सम्बन्धित निकायको स्वीकृती लिई स्वदेश भित्र शाखा तथा उपशाखा कार्यालय स्थापना गरी कारोबार गर्न सक्नेछ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

युनियन लाइफ इन्सुरेन्सको अधिकृत पुँजी २ अर्ब १५ कारोड रुपैयाँ र जारी पुँजी पनि २ अर्ब १५ करोड रुपैयाँ नै रहेको छ । जारी पुँजीमध्ये १ अर्ब ५० करोड ५० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागिएको हो । आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

आइपीओ बिक्रीपछि कम्पनीमा संस्थापक हिस्सा ७०% र सर्वसाधारण हिस्सा ३०% हुनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म युनियन लाइफले ८ करोड ९५ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७८–७९ मा १३ करोड ३९ लाख ४९ हजार रुपैयाँ र आव २०७९–८० मा १८ करोड ८३ लाख २० हजार रुपैयाँ नाफा कमाउने अनुमान छ ।कम्पनीले तत्काल पुँजी वृद्धि गर्ने कुनै पनि योजना बनाएको छैन । आव २०७९–८० सम्म आइपीओ बिक्रीपछि कायम हुने २ अर्ब १५ करोड रुपैयाँ पुँजी नै यथावत रहने प्रक्षेपण छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी ४ रुपैयाँ १७ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ६ रुपैयाँ २३ पैसा र आव २०७९–८० मा ८ रुपैयाँ ७६ पैसा पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा र आव २०७८–७९ मा १४२ रुपैयाँ ७५ पैसा पुग्ने अनुमान रहेको छ ।

Sanjay poudyal

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago