थारू र मधेशी आयोगका प्रतिवेदन पेश

काठमाडौँ, २६ चैत । प्रतिनिधिसभामा ‘मधेशी र थारू आयोग आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ ।

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष सो प्रतिवेदन पेश गर्नुभएको हो । शोक प्रस्ताव प्रतिनिधिसभाले राष्ट्रियसभाका पूर्वउपाध्यक्ष ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति एक मिनेट मौनधारण गरी शोक प्रस्ताव पारित गरेको छ । विस २०४८ मा राष्ट्रियसभामा निर्वाचित भई उपाध्यक्षसमेतको जिम्मेवारी सम्हाल्नुभएका पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री प्रधानाङ्गको ९६ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो । मुलुकको शैक्षिक एवं सामाजिक क्षेत्रमा समेत उहाँको क्रियाशीलता थियो । बैठकले उहाँको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जलि अर्पण गरेको ग¥यो । सदनले शोकसन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत ३० गते सोमबार दिनको १ बजे बस्नेछ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago