गृह मन्त्रालयद्वारा २६ कर्मचारीको सरुवा

काठमाडौँ, २६ चैत गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सहसचिव तथा उपसचिव गरी २६ कर्मचारीको सरुवा गरेको छ ।

फाइल फोटो

यही चैत २६ को गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको प्रमुख, सहसचिव शिवराम गेलाललाई बाँकेको प्रजिअ, धर्मेन्द्र मिश्रलाई नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । सहसचिव सुुशील वैद्यलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँ, होमप्रसाद लुईंटेललाई लमजुङको प्रजिअ, अनिता निरौला र विश्वप्रकाश अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयमा पठाइएको छ । मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेलाई बैतडी, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी, भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

सहसचिव जनार्दन गौतमलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय रुपन्देहीको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई गृह मन्त्रालयमा ल्याइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई रुपन्देहीको सहायक प्रजिअमा, उपसचिव शङ्करबहादुर विष्टलाई टिकापुर इलाका प्रशासन कार्यालयबाट बाँकेको सहायक प्रजिअ, र बाँकेका प्रजिअ रामबहादुर कुरुङ्वाङलाई इप्रका टिकापुरमा पठाइएको छ । गृह मन्त्रालयका उपसचिव गोपालकुमार अधिकारीलाई बाजुराको प्रजिअमा पठाइएको छ । बाजुराका प्रजिअ कृष्णप्रसाद गैरेलाई कारागार कार्यालय पर्सा, डोटीका प्रजिअ भीमप्रसाद भट्टराईलाई चितवनको सहायक प्रजिअ, कास्कीका सहायक प्रजिअ गुरुप्रसाद ढकाललाई इलाका प्रशासन कार्यालय लेखनाथ कास्की तथा लेखनाथका कृष्णचन्द्र पौडेललाई कास्की जिल्लाको सहायक प्रजिअमा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाग्लुङका उपेन्द्रराज पौडेललाई इलाका प्रशासन कार्यालय बुटबल, रोल्पाका प्रजिअ नरेन्द्रकुमार रानालाई गृह मन्त्रालय, कारागार कार्यालय मोरङका उपसचिव सुवासकुमार लामिछानेलाई इलाका प्रशासन कार्यालय धरान र लमजुङका प्रजिअ श्रीकृष्ण शर्मालाई कारागार कार्यालय मोरङ पठाइएको छ । ‘सङ्क्रमण रोकथाममा प्रहरी अस्पतालको भूमिका प्रशंसायोग्य’ प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरी अस्पतालले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्र्दै क्षेत्रीले सङ्क्रमणका बेला प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय रहेको र आगामी दिनमा थप सतर्क र लगनशील भएर काम गर्न चिकित्सक तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।

नेपाल प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवा कार्यान्यवनमा सदैव निरन्तर र दीर्घकालीन हुनुपर्नेमा उहाँको जोड थियो । नेपाल प्रहरी अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्वमहानिरीक्षकले निर्वाह गरेको योगदानको पनि उहाँले प्रशंसा गर्नुभयो । समारोहमा उहाँले अस्पतालको बील तथा रिपोर्टका लागि अनलाइन सुविधा लिन सकिने प्याटियन्ट पार्टलको उद्घाटन पनि गर्नुभयो । उहाँले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषमार्फत आएको रु दुई करोड अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गर्नुभयो ।

अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले स्वास्थ्य क्षेत्रमा आएका नवीनतम् प्रविधि र पद्धतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको जानकारी दिनुभयो । समारोहमा अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेख समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७७’ र नेपाल मेडिकल जर्नलको लोकार्पण गरिएको थियो । अस्पतालको सेवा प्रवाहमा योगदान गर्दै २५ वर्षसम्म सेवा गर्ने प्रहरी कर्मचारीलाई कदरपत्र तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पु¥याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्ज र सङ्घ संस्थालाई प्रशंसापत्र प्रदान गरियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago