फाइल फोटो
गण्डकी, २६ चैत । गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ ।
प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिनुभयो ।
प्रदेशमा हालसम्म चार लाख ७५ हजार व्यक्तिको स्वास्थ्य बीमा भइसकेको जानकारी दिँदै उहाँले यसमध्ये ६४ हजार ज्येष्ठ नागरिक रहेको बताउनुभयो । उहाँका अनुसार सात हजार ७०० अतिविपन्न परिवारको स्वास्थ्य बीमा गरिएको छ । ज्येष्ठ नागरिक तथा अतिविपन्न परिवारको सरकारले निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…