महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाकामुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारलेलैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रियरणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाउनुभएको

उक्त नीतिअनुसार केन्द्र, प्रदेश स्थानीय तहका विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीलेनेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको स्मरणगर्नुभएको सुरक्षा, सम्मान रोजगारः समृद्ध नेपालको आधारभन्ने नाराका साथ आज सो दिवस मनाइँदैछ

लैङ्गिक समानता महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानूनी, संरचनागत एवं प्रक्रियागत सुधारकोफलस्वरुप राजनीति प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व उल्लेखनीयरुपमा वृद्धि भएको सन्देशमा भनिएको , “शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका सूचकमा पनि सकारात्मक सुधार भएका छन् नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाटपनि यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी थालेको प्रयासले राम्रो प्रतिफल दिएको मान्न सकिन्छ

उहाँले अज्ञानता कुरीतिको आड लिएर भएका खराब अभ्यासका कारण बोक्सी, छाउपडी,  दाइजो, बालविवाह जातीय विभेदजस्ताउत्पीडनकारी अवशेष कायमै रहेकाले अपराधलाई निरुत्साह गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मकरुपमा जनचेतना जगाउनुआवश्यक भएकामा जोड दिनुभयो विभिन्न प्रकार स्वरुपका लैङ्गिक विभेद तथा हिंसाका घटनालाई  जरैदेखि निर्मूल गर्न सरकारलेशून्य सहनशीलताको नीति लिई अपराधीलाई कडा कारवाही पीडितलाई उचित क्षतिपूर्तिसमेतको कानूनी व्यवस्था गर्दै नैतिक शिक्षा सचेतनाका कार्यक्रम निरन्तर गरिरहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको

नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय गरीमहिला हिंसा असभ्यता हो, यो अपराध हो; महिला हिंसालाई रोकौँभन्ने  प्रतिबद्धतासहितको  स्टिकर बनाई सार्वजनिकस्थल तथा क्षेत्रमा प्रचारप्रसार गर्न सबै सरकारका निकायलाई निर्देशन गरिएको पनिप्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago