कञ्चनपुर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहँुदैजनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने बताउनुभएको छ ।
“नेपालको संविधानले लङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकसुनिश्चित गरेको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “महिलाको राजनीतिक संवैधानिक अधिकारका साथै महिला स्वतन्त्रता, समानता रन्यायका लागि भएका विगतका विभिन्न बलिदानीपूर्ण सङ्घर्षको सम्मान गर्दछौँ ।” उहाँले सन्देशमा सामाजिकरुपमा देखिएको विकृति, विसङ्गति र महिलालाई गरिने भेदभाव अन्त्यका लागि सामाजिक न्यायसहितको रुपान्तरणको अभियानमा सहभागी हुन रक्षतिपूर्तिस्वरुप थप अधिकारका लागि अवसर प्रदान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभएको छ । “सय अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु”, मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा भन्नुभएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…