कञ्चनपुर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहँुदैजनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने बताउनुभएको छ ।
“नेपालको संविधानले लङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकसुनिश्चित गरेको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “महिलाको राजनीतिक संवैधानिक अधिकारका साथै महिला स्वतन्त्रता, समानता रन्यायका लागि भएका विगतका विभिन्न बलिदानीपूर्ण सङ्घर्षको सम्मान गर्दछौँ ।” उहाँले सन्देशमा सामाजिकरुपमा देखिएको विकृति, विसङ्गति र महिलालाई गरिने भेदभाव अन्त्यका लागि सामाजिक न्यायसहितको रुपान्तरणको अभियानमा सहभागी हुन रक्षतिपूर्तिस्वरुप थप अधिकारका लागि अवसर प्रदान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभएको छ । “सय अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु”, मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा भन्नुभएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…