तानसेनका जेष्ठ नागरिकलाई सम्मान

पाल्पा, २६ माघ । तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पारगर्नुभएको जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बिगतको योगदान सम्झदै जेष्ठ नागरिकलाई कोसेली स्वरुप कपडा, पोष्टीक खाना र स्वास्थ परिक्षण सहित सम्मान गरेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले जानकारी दिनुभयो । मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत तानसेन नगरपालिकाका दुई सय ६७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको समितिका सदस्य गुराँस आत्रेयले बताउनुभयो । नगरपालिकाको गरिब तथा विपन्न वर्गलाई रोजगारीउन्मुख कार्यक्रमहरु सञ्चालन गर्ने मुख्य उदेश्य रहेको यस कार्यक्रमबाट जेष्ठ सम्मान गरिएको हो । जिवनको क्रियाशिल समय समुदायको बिकासमा उल्लेखनिय भुमिका खेल्नुभएको सम्झना गर्दै आउदो जिवन भाविपुस्तालाई आफ्नो अनुभव र ज्ञान बिस्तार गर्न आग्रह सहित सम्मान गरिएको छ ।
तानसेन नगरपालिकाको वडा न. १४ अर्गली र वडा नं ११ बन्दिपोखरामा आईतबार भएको कार्यक्रममा ब्लाङ्केट, ज्याकेट, जुत्ता, मोजा, टोपी, लाईभभिटा राखिएको झोला जेष्ठ नागरिकलाई प्रदान गरिएको हो । कार्यक्रममा तानसेन नगरप%B लिकाका उपमेयर लक्ष्मीदेवी पाठक, प्रशासकिय अधिकृत पिताम्बर पाण्डे, कार्यक्रम फोकल अधिकृत दुर्गा थापा, सामाजिक परिचालक नारायण कुमाल लगायतले सामाग्री हस्तान्तरण गर्दै जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा नगरपालीका स्वास्थशाखा प्रमुख झविन्द्र न्यौपानेको समुहले सहभागीको सुगर, प्रेसर परिक्षण सहित सामान्य औषधी वितरण गर्नुभएको थियो । नगरपालिकाको बाँकी वडामा जेष्ठ नागरिकलाई कार्यक्रममा बोलाएर वितरण गर्न नमिलेमा घरघरै लगेर वा प्रतिनिधी बोलाएर हस्तान्तरण गर्नेगरि सामाग्री प्रतेक वडा कार्यालयमा पठाईएको बरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । कार्यक्रमबाट तानसेन नगरपालिका वडा नं १ मा १३ जना, वडा नं २ मा १५ जना, वडा नं ३ मा १० जना, वडा नं ४ मा ८ जना, वडा नं ५ मा १० जना, वडा नं ६ मा २१ जना, वडा नं ७ मा ३१ जना, वडा नं ८ मा १६ जना, वडा नं ९ मा २० जना, वडा नं १० मा १९ जना, वडा नं ११ मा १८ जना, वडा नं १२ मा १४ जना, वडा नं १३ मा ३० जना र वडा नं १४ मा ४२ जना जेष्ठ नागरिकहरु सम्मानित हुने कार्यक्रम शिफारिस समिती सदस्य गुराँस आत्रेयले बताउनुभयो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago