केटु हिमाल आरोहीलाई पोखरामा नागरिक अभिनन्दन

पोखरा २६ माघ । हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोहीलाई पोखरामा सोमबार नागरिक अभिनन्दन गरिएको छ।  पोखरा पर्यटन परिषद्को आयोजनामा भएको कार्यक्रममा हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कृतिमान राखेका दश आरोहीलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नागरिक अभिनन्दन गरेका हुन्।

फाइल फोटो

यस अघि आरोहीलाई पोखरा विमानस्थल परिसरमा रातो कार्पेट बिच्छ्याएर स्वागत गरिएको थियो। पोखरा पर्यटन परिषदको आयोजनामा र विभिन्न सरकारी तथा संघसंस्थाको समेत सहभागितामा विश्व कीर्तिमानी दश जना आरोहीहरुलाई पर्यटकीय शहर पोखरामा नागरिक अभिनन्दन गरिएको हो। केटु हिमाल सफल आरोहण गरेका निर्मल पुर्जा, मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा, मिङमा जी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पालाई नागरिक अभिनन्दन गरिएको हो।

पञ्चेबाजा बजाउँदै फुलमालाले पोखरा विमानस्थलमा विश% Dव कीर्तिमानी आरोहीलाई स्वागत गरि पोखराको मुख्य बजार पृथ्वीचोक, नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सृजना चोक, जिरो किलो मिटर हुँदै लेकसाइड पुर्‍याइएको थियो। लेकसाइडको माउण्ट कैलाश रिसोटमा नागरिक अभिनन्दन गरिएको हो।

विश्वकै सर्वोच्च सगरमाथा हिमाल पछिको दोस्रो उच्च रहेको केटु हिमाल ८ हजार ६ सय ११ मिटर अग्लो रहेको छ। यो हिमाल पाकिस्तानमा पर्दछ। हिउँदमा केटु हिमाल आरोहण गर्न र विश्व कीर्तिमान आफ्नो नाममा लेखाउन दर्जनौं पर्वतारोहीहरु प्रयासरत थिए। दश नेपाली आरोहीहरुले यो कीर्तिमान राख्न सफल भएका हुन्। माघ ३ गते शनिबारका दिन हिउँदमा केटु हिमालको सफल आरोहण गरेर नेपाली युवाहरुले इतिहास रचेका थिए।

अभिनन्दन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विश्वकै जोखिम मानिएको केटु हिमाल हिउँदमा पहिलो पटक आरोहण गर्न सफल भएकोमा हार्दिक बधाई दिँदै यो सफलताले एकतामै बल छ भन्ने सन्देश दिएको बताए।

केटु हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गरेर नेपालको नाम विश्वमै थप चिनाउन महत्वपूर्ण योगदान दिएका हिमाल आरोहीलाई थप हौसला प्रदान गर्न नागरिक अभिनन्दनको कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताए। केटु हिमाल सफल आरोहण गरेर विश्व रेकड कायम गरि गिनिज बुकमा नाम लेखाउन सफल आरोहीले नेपाल र नेपालीको विरतालाई सधै र सदाकालागी अविश्मरणीय बनाएको पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले बताए।

नेपालमा ७० देखि ८० प्रतिशत विदेशी पर्यटक माउण्टेन टुरिजमकै लागि आउने गर्दछन्। केटु हिमालको सफल आरोहणले नेपालको माण्टेन पर्यटनको विकासमा सहयोगी हुने पोखरेली पर्यटन व्यवसायीको विश्वास छ। कार्यक्रममा माघ ३ गते धम्पुस पिक (थापा पिक) सफल आरोहण गरेका ६ जना आरोहीहरुलाई पनि सम्मान गरिएको थियो।

विभाजनमा होइन, एकतामै बल छ : हिमाल आरोही निर्मल पुर्जा

हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोही टिमका लिडर निर्मल पुर्जाले एकतामै बल रहेका र यसैबाट यो सफलता मिलेको बताएका छन्। पोखरामा सोमबार केटु हिमाल सफल आरोहीको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै टुक्रिएर होइन एकतामै बल रहेको बताए। पुर्जाको नाममा सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेको विश्व रेकर्ड पनि छ। 

विश्वमा १४ वटा ८ हजार भन्दा उच्च हिमाल छन्। तिमध्ये नेपालमा ८ वटा छन्। यसैले नेपाललाई हिमालको घर भनिने सफल हिमाल आरोही पुर्जाले बताए। ‘१४ वटा हिमालमा १३ वटा हिमाल पहिलो पटक चढेको रेकर्ड विदेशीका नाममा छ। हाम्रो नाममा केही थिएन। एउटा बाँकी रहेको भनेको हिउँदमा केटु चढेर नेपालको नाम राख्नु थियो। यसैले हामी दशै जना टिम वर्कमा लाग्यो। सफल भयौ’ उनले भने।  केटु हिमाल अरोहण सजिलो थिएन। माइनस १६ डिग्री सेल्सीयस भनेको निकै कठिन हुन्छ। एक पाइला चढ्दा स्यास्या हुन्छ। सबै सुख छाडेर भारी बोकेर किन आएको हो भन्ने पनि होला। देशको नाममा, नेपालीको नाममा केही गर्नु हुटहुटीले यो सफलता मिलेको उनले बताए।

केटु हिमाल आरोहणका क्रममा गर्मी महिनामा मात्र प्रत्येक ४ जनामध्ये एक जनाको मृत्यु भएको तथ्याङ्क छ। यहि हिउँदमा पनि दुई जनाको केटु हिमाल अरोहणका क्रममा मृत्यु भएको थियो। उनले भने, ‘देशका लागि, फ्यचर जेनेरेसनकोलागि चढ्नुपर्छ भन्ने हामी दशै जनामा थियो। हामीले यो हिमाल चढ्न नसकेको भए इतिहासमा हाम्रो देशको नाममा केही हुँदैन थियो। यो सफलताले उर्जा मिलेको छ।’
देशको राजनीतिक अस्थिरता र दाजुभाईबीच हुने झगडाले हिमाल अरोही पुर्जालाई पनि चिन्तित बनाएको बताए। हाम्रो देशका पोलिटिकल स्ट्याबिलीटी छैन। दाजुभाई लड्छौं। हामी आरोहीबीच सबैले बराबर दुःख गरेका छौं। सबैले बराबरी झोला बोकेका छौं। सबैको रिस उठ्छ। सबैका जाहान परिवार छन्। त्यसैले मैले नै प्लान गरेर सबै एकै पटक जाने योजना बनाएको उनले बताए। स्वार्थ राखेको भए कोही एउटा पहिला जान सक्थ्यौ। म नै पहिला पनि जान पनि सक्थेँ। व्यक्तिगत रेकर्डभन्दा पनि देशले गौरव गर्ने रेकर्ड महत्वपूर्ण रहेको उनले बताए। यसैले हामीले समिटभन्दा दश मिटर अघि सबै रोकेर दाजुभाई अगालो हालेर समिट पुग्ने योजना बनायौँ। योजनाअनुसार दश मिटर अघि सबै रोकियौँ। अगालो हाल्यौँ र समिट गर्‍यौँ, निर्मलले खुशी हुँदै सुनाए।

निर्मलले कार्यक्रममा यस अघि पेन्सन पाक्ने मुखका बेलायी सेनाको जागिर छाडेर १४ वटा हिमाल आरोहण गर्ने क्रममा भएका तिता मिठा भोगाई पनि अभिनन्दन कार्यक्रममा बताएका थिए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago