छ महिनामा झन्डै पाँच खर्ब रेमिटेन्स भित्रियो

काठमाडौं २६ । माघ  चालू आर्थिक वर्षको छ महिनामा झण्डै रु पाँच खर्ब बराबरको विप्रेषण भित्रिएको छ। केन्द्रीय बैंकका अनुसार सो अवधिमा कूल रु चार खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ।

फाइल फोटो                                                                                                                                                                नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आवको आर्थिक विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई चार अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १७.७ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि % 0ुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ०.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर ८.९ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ४९ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो। केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २६ अर्ब ६५ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा चालू खाता रु ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ। यस्तै, पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु छ अर्ब ८५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.२ प्रतिशतले कमी आई रु सात अर्ब ६६ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु सात अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १२ अर्ब २० करोड रहेको थियो।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago