जापान । NRNA जापानले CONCLAVE -2021 कार्यक्रममा थप एउटा सेसन जापान स्थित महिला दिदी बहिनी हरुलाई लक्षीत गरी “Challenges and opportunities for a Nepali woman in Japan” विषय कार्यक्रमको आयोजना गर्ने भएकोछ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (NRNA JAPAN) ले गत जनवरी २३ तारीक देखी बिभिन्न विषयमा चरणवद्द रुपमा NRNA JAPAN CONCLAVE -2021 नामक कार्यक्रमको आयोजना गर्दै आएकोछ ! अहिले सम्म तिन ओटा सेसनको आयोजना भैसकेकोछ भने सुरुवातीमा ४ ओटा सेसनको तय गरी सुरुगरेको कार्यक्रम थप सुझाव र सल्लाह प्राप्त भयअनुसार महिला समस्या एवं अन्य गतिबिधी सम्बन्धी पनी कार्यक्रम गर्दा राम्रो हुने भन्ने कुरा आएकोले चार सेसनको कार्यक्रमलाई थप गरी पाँच पुर्याएको छ।
NRNA जापानकी महिला संयोजक संगिता अधिकारी सुवेदी लाई उक्त सेसनको आयोजनाको जिम्मेवारी दिइएअनुसार “Challenges and opportunities for a Nepali woman in Japan” विषयक सेसनको तय भएको जानकारी प्रवक्ता सिद्धार्थ श्रेष्ठ ले जानकारी गराउनु भएको छ उक्त कार्यक्रमको संचालन ( Moderator ) महिला संयोजक संगिता अधिकारी सुवेदी ले गर्नुहुनेछ भने प्यानलिस्ट हरु नेपाल बाट एक जना महिला अधिवक्ता, जापान अध्यन सकेर नेपाल रहनु भएकी एक जना A4ेडिकल डाक्टर र २ जना जापान बाट रहनुहुनेछ कार्यक्रम यही फेब्रुवरी १२ तारीक बेलुका ८ बजे बाट हुनेछ भने अन्य कार्यक्रम गरी बिभिन्न बिषयमा पाँच वटा सेसन मध्य तिनवटा सेसन भने सम्पन्न भई सकेको जानकारी प्राप्त भएको छ।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…