प्रधानमन्त्रीलाई बालकोट ल्याउने बाटो ठिक पार्नुहोला: गगन थापा

काठमाडौं, पुस २४ नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन्।प्रतिनिधि सभा पुनर्स्थापनापछि राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइने उनको भनाइ छ।

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा आज तरूण दल भक्तपुरले गरेको कार्यक्रममा बोल्दै थापाले प्रतिनिधि सभा पुनर्स्थापनापछि राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइने बताए।‘प्रधानमन्त्रीको असंवैधानिक कदम अदालतले खारेज गर्छ। त्यसपछि प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ। संसदले राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछ,’ उनले भने, ‘तपाईंहरूको ‘बा’ प्रधानमन्त्री ओली बालकोट आउने बाटो ठिक राख्नुहोला।’उनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई प्रतिगामी र अलोकतान्त्रिक कदम भनेका छन्।

कांग्रेस अदालतको निर्णय कुरेर नबसेको उनको भनाइ थियो।‘कांग्रेसले अदालतको निर्णय पर्खेर बसेको छैन। आफ्नो निर्णय गरिसकेको छ, श्रीमानहरूलाई भ्रम नहोस्,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र प्रतिगामी छ। यो कुरा सभापति शेरबहादुर देउवादेखि कांग्रेसका नेता/कार्यकर्ताको ठहर हो।’

संविधान पल्टाएर हेरिदिए मात्रै प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्ने थाहा हुने उनले बताए।‘राष्ट्रपतिले सम्मान गुमाउनुभएको छ। अदालतले सम्मान नगुमाओस् भन्ने चाहेका छौं,’ उनले भने, ‘प्रधानमन्त्रीले अदालतमाथि दबाव सिर्जना गर्नुभएको छ। मनोवैज्ञानिक दबाव दिएर यो निर्णय कसरी उल्टिन्छ भनिरहनु भएको छ।’उनले प्रधानमन्त्रीको धम्कीबाट अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने पनि बताएका छन्।संसद र संविधानको बाटो भएर भविष्यमा निर्वाचनमै जाने भएकोले अहिलेदेखि तयारी गरिराख्न थापाले कार्यकर्तालाई आग्रह गरेका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago