प्रधानमन्त्रीलाई बालकोट ल्याउने बाटो ठिक पार्नुहोला: गगन थापा

काठमाडौं, पुस २४ नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन्।प्रतिनिधि सभा पुनर्स्थापनापछि राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइने उनको भनाइ छ।

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा आज तरूण दल भक्तपुरले गरेको कार्यक्रममा बोल्दै थापाले प्रतिनिधि सभा पुनर्स्थापनापछि राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइने बताए।‘प्रधानमन्त्रीको असंवैधानिक कदम अदालतले खारेज गर्छ। त्यसपछि प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ। संसदले राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछ,’ उनले भने, ‘तपाईंहरूको ‘बा’ प्रधानमन्त्री ओली बालकोट आउने बाटो ठिक राख्नुहोला।’उनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई प्रतिगामी र अलोकतान्त्रिक कदम भनेका छन्।

कांग्रेस अदालतको निर्णय कुरेर नबसेको उनको भनाइ थियो।‘कांग्रेसले अदालतको निर्णय पर्खेर बसेको छैन। आफ्नो निर्णय गरिसकेको छ, श्रीमानहरूलाई भ्रम नहोस्,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र प्रतिगामी छ। यो कुरा सभापति शेरबहादुर देउवादेखि कांग्रेसका नेता/कार्यकर्ताको ठहर हो।’

संविधान पल्टाएर हेरिदिए मात्रै प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्ने थाहा हुने उनले बताए।‘राष्ट्रपतिले सम्मान गुमाउनुभएको छ। अदालतले सम्मान नगुमाओस् भन्ने चाहेका छौं,’ उनले भने, ‘प्रधानमन्त्रीले अदालतमाथि दबाव सिर्जना गर्नुभएको छ। मनोवैज्ञानिक दबाव दिएर यो निर्णय कसरी उल्टिन्छ भनिरहनु भएको छ।’उनले प्रधानमन्त्रीको धम्कीबाट अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने पनि बताएका छन्।संसद र संविधानको बाटो भएर भविष्यमा निर्वाचनमै जाने भएकोले अहिलेदेखि तयारी गरिराख्न थापाले कार्यकर्तालाई आग्रह गरेका छन्।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago