फाइल फोटो
धनगढी । कैलालीको धनगढीमा आज प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित सभास्थलमा ‘निर्मला पन्तका बलात्कारी खोइ ?’ नारा लेखिएको टिसर्ट लगाउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।
सभास्थलमा सेतो टिसर्टमा कालो अक्षरले ‘निर्मला पन्तका बलात्कारी खोइ ?’, ‘निर्मलालाई न्याय दे’लेखेर पुगेका ६ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई त्यहाँ खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको टोलीलाई जिम्मा लगाएको प्रत्यक्षदर्शीले बताएका छन्।
उनीहरुले कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तले अझै न्याय नपाएको भन्दै प्रतीकात्मक विरोध जनाएका थिए। निर्मलाको बलात्कार गरी हत्या गरेको २ वर्ष बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै विरोधमा उत्रिएका हुन्। ‘निर्मला पन्तको बलात्कारी खै ?’ र लेखेको टि–सर्ट लगाएर प्रधानमन्त्री ओली सहभागी कार्यक्रमा उपस्थित भएका थिए।
निर्मलाको २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो। त्यसपछि सरकारले पटक पटक अनुसन्धान गर्दा पनि दोषीलाई समात्न सकेको छैन।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…