२४ जेठ, सिमकोट । चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्यसामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्रीको अभाव भएको हो।
हिल्सामा बिओपी स्थापना भएको झण्डै एक वर्ष पुगेको छ । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट प्रहरी निरीक्षक सुरज केसीकोनेतृत्वमा २५ जनाको टोलीले हिल्सा नाकामा सीमा सुरक्षा दिँदै आएको छ । सशस्त्र प्रहरीलाई दाल, तेल, मसला, तरकारी दैनिकउपभोग्यवस्तुका लगायतको अभाव भएको हिल्सा बिओपीका इन्चार्ज केसीले बताए ।
यारी, याल्वाङ, मुचु, केर्मीलगायतका गाउँबाट खरिद गरेर आपूर्ति गर्नुपर्ने अवस्था रहेको उनले बताए । सीमा सुरक्षामा खटिएकोसुरक्षाकर्मीलाई तरकारी र तेलको बढी समस्या भएको उनले बताए ।
हुम्लाको उत्तरी हिल्सा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले साना ठूला समस्यासँग जुधिरहनुपरेको छ । हिउँदको तीन महिना भारीहिमपात हुने हुम्लासहित उत्तरी हिल्सामा शसस्त्र प्रहरी बलको टोली यो वर्ष पहिलो पटक माइनस तापक्रममा पनि सीमा सुरक्षामाखटिएको हो ।
हिल्सामै स्थापना भएको नेपाल प्रहरीको प्रहरी चौकी भने जाडो याममा चिसो बढेपछि बसाइ सर्ने गर्दै आएको छ तर सशस्त्रको बिओपीयो वर्ष पहिलो पटक हिल्सामा बसेको हो ।
सीमा सुरक्षा राष्ट्रको संवेदनशील पक्ष हो । सरकारले आफ्नो सीमा सुरक्षालाई विशेष महत्व दिएको भए पनि दुर्गम जिल्लाको सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मीले विभिन्न समस्या र चुनौतीको सामना गर्नुपरेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…