An ambulance is seen on the premises of Bhim Hospital in Bhairahawa, on Friday, April 03, 2020. Photo: Krishna Prasad Dhakal/THT
रुपन्देही । सदरमुकाम भैरहवामा रहेको भीम अस्पतालले कोरोना संक्रमितहरुलाई अक्सिजन पुर्याउन नसकिने जनाएको छ । अस्पताल प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमितको अत्यधिक चाप भएकाले भर्ना भएका बिरामीलाई अक्सिजन पुर्याउन नसकिने अवस्था आएको बताएको छ । बिरामीका आफन्तलाई अक्सिजनको आफैं जोहो गर्न पनि अस्पतालले आग्रह गरेको छ
अस्पतालमा ६३ एचडीयू र ५ आईसीयूसहित ६८ बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार दैनिक ४०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएपनि २०० सिलिण्डर मात्र आपूर्ति भइरहेको छ ।
अक्सिजन अभाब भएर बिरामीको उपचारमा समस्या देखिएको हुँदा सरकारले जारी गरेको निर्देशन अनुसार सहि ब्यवस्थापन हुन र अस्पतालमा अक्सिजन आपूर्ति हुन आवश्यक छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…