सांकेतिक तस्बिर फाइल फोटो
काठमाडौँ, २४ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिएर ठगी गर्ने तीन जनालाई आज पक्राउ गरेको छ ।
उनीहरुले उपत्यकाबाहिर जाने यात्रुबाट तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको पाइएको छ । कोटेश्वरबाट धनुषाका ४३ वर्षीय कृष्ण देवकोटा र झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी तथा गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरु पूर्व झापा÷मोरङ जाने यात्रुसँग जनही रु तीन हजारदेखि चार हजार ५०० सम्म भाडा लिने इन्द्रेणी हायसको काउण्टर र प्रदेश ३–०१–००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारी हुन् । उपत्यकामा जारी भएको निषेधाज्ञापश्चात् वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परी घर जान लागेका यात्रुलाई ठगी गर्ने गौशाला र कोटेश्वरको टिकट काउन्टरबाट पक्राउ गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
महाशाखाले सादा पोशाकमा प्रहरी टोली खटाएर छड्के जाँच तथा अनुगमन गरी यसरी बढी भाडा लिई ठगी गर्ने व्यक्तिलाई कारवाही थालेको हो । “महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गरी विशेष टोली परिचालन गरेका छौँ, टोलीले आफैँ यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुसँग गोप्यरूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखी नियन्त्रणमा लिने गरेको छ”, भट्टराइले भन्नुभयो । यसअघि बिहीबार यसैगरी बढी भाडा लिएका छ जनालाई पक्राउ गरी आवश्यक कारबाही थालिएको छ । कोभिड–¬१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिई ठगी गर्ने क्रम बढेको छ । प्रहरीले कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…