कोरोना चापः हरेक तीन महिनामा मर्मतहुने शवदाहगृह निरन्तर चल्दा तातेर समस्या

पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ । कोरोना सङ्क्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह गृहमै जलाइने गरिएको छ । विद्युतीय शवदाह गृहमा हाल कोरोनाबाट मृत्यु भएका बाहेकको शवदाह गरिँदैन । दैनिक कोरोनाबाट मृत्यु भएका ३० भन्दा बढी शव आउन थालेपछि यन्त्र चलिरहँदा तातेका कारण मर्मत गरिरहनु परेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । कोरोनाबाट प्रभावित भई दैनिक मर्नेको सङ्ख्या बढेपछि पशुपति क्षेत्रमा पनि शवदाह गराउन ल्याउने क्रम बढेको हो ।

केही दिनअघि विद्युतीय शवदाहको एक नं यन्त्र मर्मत गरिएको थियो । धेरै तातेका कारण आज विद्युतीय शवदाहको दुई नं यन्त्र पनि मर्मत गर्न लागिएको उहाँले सुनाउनुभयो । तीन दिनमा मर्मत सकिने जनाइएको छ । सामान्य अवस्थामा विद्युतीय शवदाह गृह तीन महिनामा मर्मत गरे हुने गरेकामा कोरोनाबाट मृत्यु भएका शव धेरै आएर छिटो मर्मत गर्नुपरेको हो ।

काठमाडौँ महानगरपालिकाको सहयोगमा दुई यन्त्र राख्न बस्तीले रोक्यो । महानगरपालिकाले दुई विद्युतीय शवदाह यन्त्र राख्न रु १५ करोड आर्थिक सहयोग गर्ने सम्झौता गत वर्ष भएको थियो । हाल शवदाह गृह रहेको पारिपट्टि तिलगङ्गा क्षेत्रमा निर्माण गर्न लागिएको अर्को विद्युतीय शवदाह गृह बस्ती हटाउन नसकिएका कारण काम अघि बढ्न नसकेको सदस्यसचिव ढकालले बताउनुभयो । अधिग्रहणमा परेको सो बस्ती हटाउन मुआब्जा वितरण भइसकेको छ । यहाँबाट बस्ती हटाएकालाई गोठाटारमा रहेको कोषको जग्गामा जग्गा एकीकरण (ल्यान्ड पुलिङ) गरी बस्ती बसाउने कार्यक्रम छ । भवनसहित विद्युतीय शवदाह गृहसहित दुई नयाँ यन्त्र राख्न बोलपत्र आब्हान भइसकेर पनि स्थान खाली नभएकै कारण रोकिएको छ । थप दुई यन्त्रसहित नयाँ विद्युतीय शवदाह गृह समयमै बनाउन सकिएको भए महामारीको यो घडीमा शवदाह गर्न समस्या नपर्ने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो ।

कोभिडबाट मृत्यु भएकाको शवदाह गर्न पाँच यन्त्र राखिँदै

यसैबीच दाउराबाट कोभिडको मात्र शवदाह गर्ने पाँच शवदाह गृह बनाउन काम शुरु गरिएको छ । विद्युतीय शवदाह गृहमुनिका वाग्मती किनारमा निर्माण हुने यी शवदाह गृह पनि कोरोनाबाट मृत्यु भएकाको मात्र शवदाह गरिने जनाइएको छ । हाल कोरोनाबाट मृत्यु हुने बढेसँगै नदी किनारमा शवदाह गरिरहेको दृश्य पशुपति क्षेत्रमा देखिन्छ । पशुपति क्षेत्रमा रहेका सबै मठमन्दिरमा पूजाआराधना एवं दर्शन गर्न रोक लगाइएको छ । पशुपति क्षेत्रमा अत्यावश्यक रुपमा गरिनुपर्ने क्रियापुत्री, विद्युतीय र दाउराबाट हुने शवदाह सेवा भने नियमित रुपमा चलेको छ । चलेको अत्यावश्यक सेवामा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी भौतिक दूरी कायम गरेर काम भइरहेको छ । सामान्य रोगबाट निधन भएका परिवार एवं आफन्त पनि सरकारले तोकेको मापदण्डभन्दा बढी नहुने गरी मलामीका रुपमा जम्मा भएर अन्तिम संस्कार गर्न कोषले आह्वान गर्दै आएको छ । रासस

bhabindra gautam

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago