वालिङ । विवाह तथा पूजामा मानिसको जमघटबाट यहाँका दुई बस्तीमा सङ्क्रमण उच्च रहेको छ । वालिङ नगरपालिका–९ को कल्लेरी र वडा नं १ को धरमपानीमा विवाह तथा चौरासी पूजामा सहभागी भएका अधिकांशमा सङ्क्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । कल्लेरी गाउँमा आयोजना गरिएको विवाहमा सहभागी भएकामा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि आइतबार गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । “कल्लेरी गाउँमा स्वास्थ्य समस्या देखिएको खबर पाएसँगै गह्रौँ प्राथमिक अस्पतालका चिकित्सकसहितको टोलीले गाउँमै पुगेर एन्टिजिनमार्फत परीक्षण गर्यौँ”, शाखाप्रमुख पाण्डेले भन्नुभयो, “परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना पुष्टि भयो, उहाँहरुलाई आवश्यक औषधि तथा परामर्शसहित फर्कियौँ ।” सङ्क्रमणको दर उच्च रहेकाले कल्लेरी गाउँलाई सिल गरी आवतजावतमा कडाइ गरिएको छ । हाल उक्त गाउँमा ४० बढी सङ्क्रमितको सङ्ख्या छ । तीन÷चार जनामा केही समस्या देखिए पनि अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको शाखाप्रमुख पाण्डेले बताउनुभयो ।
यस्तै धरमपानीमा यही वैशाख १४ गते गाउँमा आयोजना गरिएको चौरासी पूजामा सहभागी भएकाहरुमा गरिएको परीक्षणमा एउटै गाउँका १९ जनामा सङ्क्रणम पुष्टि भएको छ । पूजामा सहभागी भएकामा लक्षण देखिएपछि २५ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको वडा नं १ का वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो । बाक्लो बस्ती रहेको गाउँमा चौरासी पूजा गरिएको र त्यहाँ सहभागी भएकाहरुमा एकाएक ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्नेलगायतका समस्या देखिएपछि परीक्षणका क्रममा ठूलो सङ्ख्यामा सङ्क्रमित रहेको पुष्टि भएको हो । नगरपालिका तथा गह्रौँ प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै पुगेर एन्टिजिन परीक्षण गरेको थियो । गाउँभरि सङ्क्रमित देखिएपछि तत्कालका लागि उक्त गाउँका नागरिकलाई घरबाट बाहिर ननिस्कन र बाहिरबाट पनि त्यस ठाउँमा आवतजावत गर्न नदिने गरी सिल गरिएको प्रवक्ता काफ्लेले बताउनुभयो । गाउँमै पुगेर आवश्यक औषधि वितरण गरिएको र समस्या परेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेकाले प्राथमिक अस्पतालको अक्सिजनसहितको आइसोलेशनमा ल्याएर उपचार गरिने शाखाप्रमुख पाण्डेले जानकारी दिनुभयो । विवाह, भोज, पूजाआजा तथा अन्य जमघट हुने कार्यहरुमा थोरैभन्दा थोरै जना सहभागी हुन नगरपालिकाले अनुरोध गरेको छ । यस्ता कार्यहरु मिलेसम्म नगर्न र गर्नैपर्ने भए स्वास्थ्यसम्बन्धी मापदण्डभित्र रही उच्च सतर्कताका साथ गर्न पनि नगरपालिकाले सूचनामार्फत अनुरोध गरेको छ । जिल्लाका ११ पालिकामध्ये सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या वालिङमा छ । वालिङमा बिहीबार साँझसम्म २२० भन्दा धेरै सङ्क्रमित छन् । रासस
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…