संविधानको दिगो सम्वद्र्धन तथा आर्थिक समृद्धिका लागि उम्मेदवारी ः गृहमन्त्री थापा

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्वद्र्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताउनुभएको छ । आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले एमालेको सङ्गठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले सङ्घीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरी कोभिड–१९ को सङ्क्रमित बिरामीलाई उपचार सेवा पु¥याउनेतर्फ एकमात्र लक्ष्य राख्नुपर्ने बताउनुभयो । यसैगरी नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) लगायत पार्टीका साझा उम्मेदवार डा खिमलाल देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभयो । उहाँले प्रदेशको भूमिकालाई अझै जनमुखी, पारदर्शी र जिम्मेवार बनाउनु पर्नेमा जोड दिंदै जनताको बृहत् सहभागिताबाट ल्याइएको गणतान्त्रिक व्यवस्थालाई जीवन्त राख्न राजनीतिक दलहरुमा इमान्दारीको खाँचो औँल्याउनुुभयो । यस्तै अर्का उम्मेदवार नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले पनि आफूलाई पार्टीले दिएको निर्देशनबमोजिम उम्मेदवारी दर्ता गरेको बताउनुभयो । देशको संविधान, ऐन तथा कानूनलाई आत्मसात् गर्दै नेपाली जनताको हितमा सधैँ स्वार्थरहित भएर अगाडि बढ्ने उहाँले दृढता व्यक्त गर्नुभयो । रासस

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago