पाल्पा । राम्दी घाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो । स्थानीयवासी शिवहरि अमात्यले २५ जनाभन्दा बढी मलामी राम्दीमा जम्मा हुन नपाउनेसहितका निर्णय गरिएको बताए । अमात्यका अनुसार बिहान ६ः०० देखि साँझ ६ः०० बजेसम्म मात्रै शव जलाउन पाइने भएको छ । अन्य समयमा अन्तिम संस्कार गर्न पूर्ण रुपमा निषेध गरिएको छ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरिएको बताइएको छ । स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा शव जलाउनका लागि स्याङ्जा, पाल्पा, रुपन्देहीबाट समेत ल्याइने गरिन्छ । कोरोना सङ्क्रमण बढेसँगै त्रसित बनेका राम्दीका स्थानीय बासिन्दाले मलामी धेरै आउँदा आफूहरुलाई सङ्क्रमणको जोखिम बढी हुने भएकाले २५ जनाभन्दा बढी मलामी आउनाका साथै मलामी आउनेलाई बजार क्षेत्रमा हिँड्डुल गर्न रोक लगाइएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…