गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता ।

कविकिरण न्यौपाने , नागोया । गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता आयोजना गरिएको छ।

धुर्मुस- सुन्तली फाउण्डेशन द्वारा चितवनको रामपुरमा र्निमाण कार्य भई रहेको उक्त रंगशाला आर्थिक अभावका कारण समस्यामा परेपछि जापानमा भलिवल प्रतियोगिता आयोजना गरेर आर्थिक सहयोग जुटाउन लागिएको आयोजकले बताएका छन्। प्रतियोगिताको आयोजना गल्कोट समाज जापान , क्षेत्रिय समिति नागोयाले गरेको हो । गल्कोट समाज जापान, नागोयाको क्षेत्रिय अध्यक्ष रामु थापाकाजीको अध्यक्षता गल्कोट समाज जापानका अध्यक्ष यम खत्री , संरक्षक मोहन खत्री लगाएत अधिकांश केन्द्रिय र क्षेत्रिय समितिको पदाधिकारीहरुको भेलाले प्रतियोगिता गर्ने निर्णय गरेको थियो । उक्त प्रतियोगिता दोश्रो सस्करण हो। प्रतियोगिता अप्रिल २७तारिक मंगलवारका दिन मियूसि स्पोर्ट कर्नरमा सम्पन्न हुने समाजका केन्द्रिय सदस्य भेषनाथ गौतमले जानकारी गराए ।

प्रतियोगितामा सहभागी हुने टिमलाई प्रवेश शुल्क जापानी येन चालीस हजार तोकिएको छ भने पुरस्कार राशी क्रमश: प्रथम ३ लाख येन नगद, प्रमाणपत्र , मेडल र कप द्वितीय पुरस्कार २ लाख येन नगद, प्रमाणपत्र , मेडल र कप साथै छुट्टा छुट्टै विधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार द्वारा सम्मान गर्ने पनि समाजले घोषणा गरेको छ l यस्ता प्रकारका प्रतियोगिताले एक आपसमा भावनात्मक सम्बन्ध समेत प्रगाढ हुने हुदाँ सम्पूर्ण खेलप्रेमि नेपालीहरूलाई सहभागी हुन गल्कोट समाज जापानका केन्द्रिय सदस्य मनोज वम मल्लले आह्वान गरेका छन्। प्रतियोगिताको ब्यवस्थापनको लागि मनोज के.सी. संयोजक रहने गरि खेल व्यवस्थापन समिति साथै बिभिन्न उप- समिति गठन गरि कार्य बिभाजन समेत गरिएको समाजका केन्द्रिय सल्लाहकार दिपक केसीले जानकारी गराए। प्रतियोगिता सम्पन्न गरि वचत रकम गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणको लागी पठाईने प्रतियोगिता मूल आयोजक समितिका संयोजक तथा गल्कोट समाज नागोया क्षेत्रिय अध्यक्ष रामु थापाकाजीले बताए। यस खालको प्रतियोगिताले खेलको माध्यमबाट पनि समाजसेवा गर्न सकिन्छ भन्ने पुष्ट्रि गरेको बताउँदै जति सक्दो सबैलाई समाज सेवामा लाग्न गल्कोट समाज जापानका अध्यक्ष यम खत्रीको अनुरोध गरेका छन्। गल्कोट समाज जापान सामाजिक कार्यमा अगाडी रहेको संस्था हो। २०५५ सालमा स्थापना भएको गल्कोट समाजको संसारभर ३० साखाहरु रहेका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago