चितवन निकुञ्जमा मरे हात्ती र गैँडा

चितवन ,माघ २५।चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती र एउटा गैँडा मरेका छन् । निकुञ्जको लामिचौर पोष्टमा कार्यरत ४५ वर्षीय शङ्करप्रसाद नामको हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

फाइल फोटो
यही माघ २१ गतेदेखि बिरामी भएको शङ्करप्रसादको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । हिन्दू धर्मअनुसार हात्तीलाई भगवान् गणेशको प्रतीकका रूपमा मानिने भएकाले मृतक शङ्करप्रसादको धार्मिक परम्पराअनुसार पूजापाठ गरी अन्त्येष्टि गरिएको अधिकारीले बताए ।
चालु आव २०७७÷७८ मा शङ्करप्रसादसहित चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा घरपालुवा हात्तीको मृत्यु भएको अधिकारीले बताए ।यसैगरी निकुञ्जको मुख्य क्षेत्र मानिने माडीको बगाई सेक्टरअन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ । अधिकारीका अनुसार माघ १३ गते अन्दाजी ४० वर्षको गैँडा सडेको अवस्थामा म%A त भेटिएको हो ।

योसँगै चालु आव २०७७÷७८ मा चितवन राष्ट्रिय निकुञ्जमा २३ वटा गैँडाको मृत्यु भएको अधिकारीले बताए ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago