प्रतिनिधिसभा विघटनको कदम विरुद्ध पाल्पाका दल एकबद्ध

पाल्पा । प्रतिनिधिसभा विघटनको कदम विरुद्ध पाल्पाका राजनीतिक दलहरु एकताबद्द भएका छन् । विहीवार तानसेनमा सर्वदलीय बैंठक बसी एकबद्द भएर अगाडी बढ्न सहमति गरेका छन् । नेपालको संविधानमा उल्लेखित संवैधानिक प्रावधान, भावना, र मर्म विपरित संसद् विघटन गरिएको प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सर्वदलीय बैंठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्यहरु सोम प्रसाद पाण्डे, ठाकुर गैरे, नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर राना, नेकपाका नेता यादव बहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, संघीय समाजवादीका केन्द्रीय सदस्य नविन सुनुवार, जनता समाजवादी पार्टीकी नेतृ पुर्मती ढेंगा, नेकपा प्रदेश कमिटी सदस्य नेत्र प्रसाद पाण्डे, नेकपाका जिल्ला सचिव राजेन्द्र विश्वकर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago