ट्रम्पका फेसबुक र ट्वीटर अकाउन्टमा प्रतिबन्ध

काठमाडौं , पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएका छन् । अमेरिकाको वासिङटनस्थित क्यापिटोल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक सञ्जालहरुले अस्थायीरुपमा ट्रम्पमाथि प्रतिबन्ध लगाएका हुन् ।

फाइल फोटो

सामाजिक सञ्जालमा ट्रम्पले प्रदर्शनकारीहरुलाई घर फर्किन निर्देशन दिनुभन्दा पहिला ‘आई लभ यू’ भन्ने सन्देश पठाएका थिए । ट्रम्पले बारम्बार निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । तर, उनले अहिलेसम्म यसको कुनै प्रमाण भने दिन सकेका छैनन् । बुधबार उनकै उक्साहटमा अमेरिकाको वाशिङ्टनस्थित क्यापिटोल हलअगाडि हिंसात्मक प्रदर्शन भएको थियो ।

ट्वीटरले आफ्नो नियमको पालना नगरेको कारण ट्रम्पमाथि प्रतिबन्ध लगाइएको स्पष्ट पारेको छ । कम्पनीले ट्रम्पले गलत दाबी गरेका पोस्टहरु नहटाएसम्म उनको अकाउन्ट लक रहने बताएको छ । उनले अझै पनि आफ्नो नियमको बेवास्ता गरे उनको अकाउन्ट स्थायीरुपमा नै हटाइने चेतावनी ट्वीटरले दिएको छ । यसैबीच अर्को सामाजिक सञ्जाल फेसबुकले पनि ट्रम्पको अकाउन्टमाथि २४ घण्टाको प्रतिबन्ध लगाएको छ । फेसबुकले अहिले हिंसा भड्काउने किसिमका पोस्टहरु खोज्ने र हटाउने काम भइरहेको बताएको छ ।

यसअघि नै युट्युबले निर्वाचनमा धाँधली भएको आरोपबारेको गलत समाचारलाई रोक्दै आएको छ । ट्रम्पको हकमा पनि युट्युबले यो नियम लागू गरेको छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago