फाइल फोटो
काठमाडौं , पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएका छन् । अमेरिकाको वासिङटनस्थित क्यापिटोल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक सञ्जालहरुले अस्थायीरुपमा ट्रम्पमाथि प्रतिबन्ध लगाएका हुन् ।
सामाजिक सञ्जालमा ट्रम्पले प्रदर्शनकारीहरुलाई घर फर्किन निर्देशन दिनुभन्दा पहिला ‘आई लभ यू’ भन्ने सन्देश पठाएका थिए । ट्रम्पले बारम्बार निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । तर, उनले अहिलेसम्म यसको कुनै प्रमाण भने दिन सकेका छैनन् । बुधबार उनकै उक्साहटमा अमेरिकाको वाशिङ्टनस्थित क्यापिटोल हलअगाडि हिंसात्मक प्रदर्शन भएको थियो ।
ट्वीटरले आफ्नो नियमको पालना नगरेको कारण ट्रम्पमाथि प्रतिबन्ध लगाइएको स्पष्ट पारेको छ । कम्पनीले ट्रम्पले गलत दाबी गरेका पोस्टहरु नहटाएसम्म उनको अकाउन्ट लक रहने बताएको छ । उनले अझै पनि आफ्नो नियमको बेवास्ता गरे उनको अकाउन्ट स्थायीरुपमा नै हटाइने चेतावनी ट्वीटरले दिएको छ । यसैबीच अर्को सामाजिक सञ्जाल फेसबुकले पनि ट्रम्पको अकाउन्टमाथि २४ घण्टाको प्रतिबन्ध लगाएको छ । फेसबुकले अहिले हिंसा भड्काउने किसिमका पोस्टहरु खोज्ने र हटाउने काम भइरहेको बताएको छ ।
यसअघि नै युट्युबले निर्वाचनमा धाँधली भएको आरोपबारेको गलत समाचारलाई रोक्दै आएको छ । ट्रम्पको हकमा पनि युट्युबले यो नियम लागू गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…