जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

बागलुङ पुस, २३ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

सांकेतिक तस्बिर फाइल फोटो

बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जिप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताए । कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago