सवारी चालकलाई सडक सुरक्षा सतर्कता सम्बन्धि सचेतता

पाल्पा, २० मङ्सिर ।
सार्बजनिक तथा सरकारी सवारी साधनका चालकहरूलाई सडक सुरक्षा सतर्कता सम्बन्धि प्रशिक्षण दिईएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा १ दिने ट्राफिक चेतना प्रवर्द्धन कार्यक्रम तानसेनमा सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेशका सुचना तथा सँचार मन्त्री  तिलकराम शर्माले कार्यक्रमको उद्घाटन गर्दै सार्बजनिक यातायातको यात्रा सुरक्षित बनाउन सवारीका चालक, सहचालकहरु जिम्मेवार बन्न आग्रह गर्नुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारि जगन्नाथ पन्तले सडकमा हुने लापरबाहीले दुर्घटना बढेकोले यसको नियन्त्रण गर्न चालक मजदुर नै जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका मुख्य प्रशिक्षक लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायक उपरिक्षक श्री मोहन वहादुर खाँण र प्रहरी नायक निरिक्षक हुमानन्द खनाल रहनुभएको थियो ।

कार्यक्रममा श्रीनगर यातायात सेवा कम्पनी प्रालीका सवारीचालक, सहचालक, र पाल्पाका सरकारी कार्यालयका सवारी चालक समेत गरि कुल १ सय ५५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा माननीय गीता थापा, प्रदेश उपसचिव दामोदर भन्डारी, पाल्पाका प्रहरी प्रमुख सन्तोष कुमार भट्टराई लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण श्रीनगर यातायात सेवा कम्पनी प्रालीले गरेको थियो । कार्यक्रमकाे सञ्चालन मन्त्रालयका शाखा अधिकृत देवीराम पाठकले गर्नु भएको थियोे ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago