विद्यार्थीको सहजताका लागि हेलो शिक्षक कार्यक्रम ।

टीकापुर । कैलालीका विद्यालयमा विद्यार्थीको शिक्षण सिकाइमा सहजताका लागि ‘हेलो शिक्षक’ कार्यक्रम लागू गरिएको छ ।

सांकेतिक फोटो

कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा घरमै अध्ययन गर्ने विद्यार्थीलाई सिकाइमा सहजताका लागि केही विद्यालयले हेलो शिक्षक कार्यक्रम लागू गरेका हुन् । विद्यालयले टेलिफोनमै विद्यार्थीलाई परामर्श दिन थालेका छन् ।दुई महिना विद्यालय बन्द भएपछि असार महिनादेखि कैलालीका विद्यालय खुलेका छन् । विद्यालय प्रशासन खुले पनि विद्यार्थीलाई विद्यालय बोलाएर अध्यापन गर्ने वातावरण बनेको छैन । 

अझै समुदायमा सङ्क्रमण देखिइरहेकाले भौतिकरूपमा विद्यालयमा उपस्थित भई पढाइ सञ्चालन कहिलेदेखि हुने भन्ने यकिन छैन । घरमै बसिरहेका विद्यार्थीलाई विद्यालयले विभिन्न माध्यमबाट सहजीकरण गरिरहेका छन् । इन्टरनेटको सुविधा भएका विद्यालयले भर्चुअल माध्यमबाट अध्ययन गराउन थालेका छन् भने नेटको सुविधा नभएका विद्यार्थीले टेलिफोन गरेर नजानेको कुरा सोध्ने, केही समस्या भए परामर्श लिने काम थालेका छन् ।

टीकापुरस्थित राष्ट्रिय माध्यमिक विद्यालय मनिकापुरले विद्यार्थीलाई अध्ययनका क्रममा परेका समस्या समाधान गरी पढाइमा उत्प्रेरणा जगाउने उद्देश्यले हेलो शिक्षक कार्यक्रम अगाडि सारेको छ । विद्यालय खोले पनि भौतिकरूपमा विद्यालयमा उपस्थित भई पढ्न नपाउने वातावरण नभएकाले पढाइमा सहजीकरण गर्न यो कार्यक्रम लागू गरेको प्रधानाध्यापक शम्भुराज भट्टराईले बताए । 

“एउटै कक्षामा सयौँ विद्यार्थी छन्, अझै विद्यालय बोलाउन जोखिम छ तर हामीले टेलिफोनबाट समस्या समाधान गर्न थालेका छौँ”, प्रधानाध्यापक भट्टराईले भने, “किताब वितरण, भर्ना अभियानजस्ता काम गरिरहेका छौँ । शिक्षकहरु नियमित विद्यालय उपस्थित हुन्छौँ । विद्यार्थीलाई घरमै पढ्न, नबुझेका कुरा सम्बन्धित विषय शिक्षकसँग फोनमा सोध्न सूचना दिएका छौँ । विद्यार्थीले फोनबाट ज्ञान लिन थालेका छन् ।”

पाठ्यपुस्तक वितरणपश्चात विद्यार्थीले घरमै बसेर अध्ययन गर्ने र आपूmलाई परेका समस्या शिक्षकलाई फोनमार्फत सोध्ने गरेको र भर्खरै मात्र कार्यक्रम शुरु गरे पनि विद्यार्थीमा हौसला बढेको शिक्षक शीतल शर्मा बताउँछन् । “विद्यार्थीमा हौसला बढेको छ । लामो समय घरमै बसेर दिक्क भएका विद्यार्थी नयाँ पाठ्यपुस्तकमा रुचि राख्छन्”, शर्माले भने, “आजभोलि दैनिक १० जनासम्म विद्यार्थीको फोन आउँछ ।”

भर्खरै मात्र परीक्षणका रूपमा कार्यक्रम शुरु गरे पनि विद्यार्थीमा सक्रियता बढ्ने गरेको र शिक्षकमा विद्यार्थीले प्रश्न सोध्ने गरेको अर्की शिक्षिका धनसरा ढुङ्गानाले बताए । “अरु विषयमा सजिलै फोनबाट विद्यार्थीका समस्या सामाधान गर्न सजिलो हुन्छ तर गणित विषयमा अलि समस्या हुने गरेको छ”, शिक्षिका ढुङ्गानाले भने, “गणित विषय फोनबाट बुझाउन सकिँदैन, रुचि भएका विद्यार्थीलाई विद्यालयमै बोलाई समस्या समाधान गर्ने गरेकी छु ।”

गत वर्ष कोरोनाका कारण विद्यार्थीले राम्रोसँग अध्ययन गर्न पाएनन् । लामो समयपछि विद्यालय खुल्दा पाठ्यपुस्तक पाएका उत्साहित विद्यार्थीलाई पढाइप्रति रुचि जगाउन र व्यस्त बनाइराख्न यो पनि एउटा विकल्प भएको टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताए । “सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अधिकांश विपन्न परिवारका भएकाले भर्चुअल माध्यमबाट पढ्न कठिन छ तर मोबाइल प्रायः सबैसँग छ”, अवस्थी भन्छन्, “यसैगरी अन्य विद्यालयले पनि कुनै न कुनै कार्यक्रम सञ्चालन गरी विद्यार्थी व्यस्त राख्ने वातावरण बनाउनुपर्छ ।”

स्थानीय पालिकाले विद्यालय खोलेर भर्ना अभियान र प्रशासनिक काम गर्न निर्देशन दिएका छन् । यहाँका सबैजसो विद्यालयमा विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरणजस्ता काम भइरहेका छन् । कतिपय विद्यालयमा भर्चुअल माध्यमबाट अध्यापन, गृहकार्य दिने काम गरिरहेका छन् । अभिभावकले पनि लामो समय विद्यालय बन्द भएकाले अब दूरी कायम गरेर विद्यालय सञ्चालन गर्नुपर्ने माग गर्न थालेका छन् । 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago