टोकियो/जापान । जापानको अध्यागमन बिभागले बिभिन्न समयमा जारी गरेका सिओइको म्याद थप गरेको छ । इमिग्रेशनमार्फत जारी भैसकेका वा हुने सिओइ (सर्टिफिकेट अफ इलिजिबिलीटी) पछिल्लो अपडेटयस्तो छ ।कोरोना महामारीका कारण जापानले लगाएको प्रबेश प्रतिबन्धका कारण भिषा(सिओइ) प्राप्त गरेपनि बिदेशीहरु जापान प्रबेश गर्न पाएका छैनन् । जापान प्रबेशका लागि प्रतिक्षामा रहेकाहरु सिओइको म्याद सकिए पछि के हुन्छ भन्नेमा अन्योल थिए ।
तर जापान अध्यागमनको वेवसाइटमा हालसालै प्रकाशित सूचना अनुसार गतबर्ष २०२० जनवरी १ तारिकदेखि २०२१ सालको जुलाई ३१ सम्म अध्यागमनले जारी गरेका सिओइहरुको म्याद थप भई २०२२ को जनवरी ३१ सम्म पुगेको छ । त्यस्तै यही बर्ष २०२१ अगस्त १ तारिक देखि २०२२ जनवरी ३१ सम्म जारी हुने सिओइको म्याद पहिलेझै ६ महिना कायम रहने सूचनामा उल्लेख छ ।
सिओइको म्याद थप गरिए पनि जापान प्रबेश गर्न भने दिइएको छैन । कोरोनाको महामारीले गर्दा जापानले नयाँ भिसा जारी गर्न बन्द गरेको हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…