नेप्से परिसूचक ११.७८ अंकले घटे पनि तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं । केही हप्ता वाट घटेको नेप्से आज पनि परिसूचक ११.७८ अंकले घटेको छ । यस अवधिमा तीन कम्पनीको सेयर मूल्यमा भने उच्च दरमा वृद्धि भएको छ । विशाल बजार कम्पनी, हिमालय डेस्टिलरी र छाङ्दी हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
विशाल बजारको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । प्रतिकित्ता ५३४ रुपैयाँले वृद्धि भएर कम्पनीको सेयर मूल्य ५ हजार ८७९ पुगेको छ । यता हिमालय डेस्टिलरीको सेयर मूल्य ८.०२ प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२२ रुपैयाँले वृद्धि भएर प्रतिकित्ता ५ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यस्तै छाङ्दी हाइड्रोपावरको सेयर मूल्य ७.७८ प्रतिशत अर्थात प्रतिकित्ता ३३ रुपैयाँले बढेर प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ । आज कुल २२४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ ।
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago