परिवार र आफन्त उपस्थित नभएपछि स्याङ्जा खण्डका राम्दीबासीले गरिदिए दाहसंस्कार

२०७८, ३ असार बिहीबार २१:५२

संक्रमीत मृतकको शव राम्दी घाटमा पठाएको थियो, शव ल्याएकाहरुले बजारको नजिकै खाल्टो खनेर गाडेका थिए ।
भविन्द्र गौतम, पाल्पा, ३ असार । कोरोना संक्रमण भएका ब्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण अझैसम्म सामान्य भैसकेको छैन । यो पीडा संक्रमण भएका वा संक्रमितको परिवारलाई मात्र थाहा हुन्छ । भनिन्छ आफुलाई नपर्दा सम्म अरुलाई परेको समस्या सामान्य मान्ने हाम्रो समाज रहेको छ ।
यही समाजमा रहेको एक समुदायले एउटा पुण्य कार्य गरेको छ । स्याङ्जा र पाल्पाको संगम स्थल, धार्मिक क्षेत्र राम्दीको स्याङ्जा खण्डका स्थानीयले पुण्य कर्म गरेका हुन । कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरुषको दाहसंस्कार स्थानीयले गरिदिएका छन । कोरोना संक्रमणबाट मृत्यु भएका वालिङ्ग नगरपालिका वडा नम्बर ४ बस्ने ७० बर्षका पुरुषको राम्दी घाटमा दाहसंस्कार गरिदिएका हुन ।
वालिङ्ग नगरपालिकाले संक्रमीत मृतकको शव राम्दी घाटमा पठाएको थियो । शव ल्याएकाहरुले बजारको नजिकै खाल्टो खनेर गाडेका थिए । बजारको नजिकै संक्रमितको शव गाड्दा दुर्गन्ध हुने र संक्रमण फैलन सक्ने भएकाले राम्दीका स्थानीयले नगरपालिकामा सम्पर्क गरी गाडिसकेको शव निकालेर जलाएका हुन ।

राम्दीको स्याङ्जा खण्डमा शव जलाउने दाउराको ब्यवस्थापन त्यहाँको गुरुकुलले गर्ने गर्छ । गुरुकुल संग दाउरा लियर शव जलाउने कार्य स्थानीयले गरिदिएका हुन ।
सम्बन्धित समाचार ……………………………         घाटमा समेत ठगिन्छन सर्वसाधारण
मृतक पुरुषको परिवार सदस्य र आफन्त कोहिपनी उपस्थित नभएपछि वालिङ्ग नगरपालिकाको आर्थिक सहयोगमा शवलाई घाट सम्म ल्याइएको थियो । परिवार सदस्य र आफन्त कोहिपनी नभएका कारण हामी राम्दीका स्थानीय जुटेर दाहसंस्कार गरिदियौ राम्दीका स्थानीय शिबहरी अमात्यले भन्नुभयो । अमात्यले थप्नुभयो “हामी राम्दि वासिहरु जुटेर उहाँको शवलाई हार्दिक श्रद्धाञ्जली दिदै दाहासस्कारमा सहभागि भयौं, उहाँको आत्माले शान्ती पाओस्”।
स्वास्थ्यको मापदण्ड लाई पालना गर्दै सुरक्षित भएर दाहसंस्कारमा सहभागी भएको अमात्यले बताउनुभयो ।
राम्दीबासीको यो कार्य जस्तै समाजमा कोरोना संक्रमण भएकालाई हेर्ने दृष्टिकोण पनी फरक बनाउन आवस्यक छ ।

Comments

ताजा खबर