संघीयताको आवरणमा सजाईएको संसदीय प्रणाली पूर्ण रुपमा असफल – त्रिमुल नेपाल

 

१२ बुंदे दिल्ली समझदारीको यात्रा अन्त्य गर्दै राष्ट्रिय सरकार गठन गर्न अपिल
जेठ, २३ । संघीयताको आवरणमा सजाईएको संसदीय प्रणाली पूर्ण रुपमा असफल भएको त्रिमुल नेपालले जनाएको छ । त्रिमुल नेपालले एक बिज्ञप्ति जारी गर्दै १२ बुंदे दिल्ली समझदारीको यात्रा अन्त्य गर्दै राष्ट्रिय सरकार गठनको दिशामा अघि बढ्न अपिल गरेको छ ।
त्रिमूल नेपाल केन्द्रीय कार्यालय, काठमाडौंका अध्यक्ष भरत दाहालद्वारा हस्ताक्षरित अपिलपत्रमा ” विदेशी एजेन्डाहरु समाविष्ट गरि जारी गरिएको संविधानले चरम संकट पैदा गरेको छ । संगसंगै दलाल कित्ताहरुका बिचको शत्रुता पनि उग्र बन्दै गएको छ । यसले देखाउँदछ कि संघीयताको आवरणमा सजाईएको संसदीय प्रणाली पूर्ण रुपमा असफल भैसकेको छ । अब दलालहरुकै बीचको द्वन्दले देश अर्को चरणको अराजकतामा धकेलिने खतरा बढेको छ । संसद विघटनको पछिल्लो घटनापछि त्यसको पक्ष वा विपक्षका नाममा सर्वोच्च अदालतका न्यायाधीश र वकिलहरुका बीचमा देखिएको शंका – उपशंका र आरोप प्रत्यारोपको तस्विर हेर्दा अवैध धन र भूमिगत शक्तिहरुको घुसपैठका कारणले न्यायिक क्षेत्र भताभुङ्ग भैसकेको तथ्य स्पष्ट हुन्छ।” भनिएको छ ।
अदालतमा न्याय पाउन सर्बसाधारणको पहुच बाहिर पुगेको भन्दै “सेटिङ मिलाउन नसक्ने सर्वसाधारणका लागी अब न्यायको आशा मृगतृष्णा बनिसकेको छ । यो संकटको कारण दिल्लीमा गराईएको १२ बुंदे समझदारी हो भन्ने तथ्यमा कसैको विमति छैन । १२ बुंदे दिल्ली समझदारीको यात्राले देश र नागरिकहरुको हितमा काम गर्दैन भन्ने वास्तविकताका बारेमा पनि कसैमा संका छैन । यस्तो खराब अवस्थाको अन्त्य गर्न १२ बुंदै षडयन्त्रका विरुद्धमा रहेका देशभक्त नेपाली जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दल, समूह, शक्ति र व्यक्तिहरुबाट सकृय हस्तक्षेप हुनु पर्ने आवश्यकता एकदमै टड्कारो बनिसकेको छ” । बिज्ञाप्तिमा भनिएको छ ।

देशको अवस्थाबारे चिन्ता प्रकट गरेर आवाज उठाउँदै आएका देशभक्त राजनीतिक दल, समुह, शक्ति र व्यक्तिहरुसंग त्रिमूल नेपालले अनुरोध छ । सर्वपक्षीय छलफलको आयोजना गरी त्यसैबाट १२ बुंदे दिल्ली समझदारीको यात्रालाई अन्त्यको घोषणा गर्दै राज्य संचालन गर्ने राष्ट्रिय मूलनीति बनाएर राष्ट्रिय सरकारको गठनको दिशामा अघि बढ्न त्रिमुल नेपालले आग्रह गरेको छ ।

युगान्तकारी लक्ष्य, राष्ट्र पहिलो र पुनर्जागरण आन्दोलनको मन्त्र लिएको त्रिमुल नेपाल बिक्रम सम्बत २०७०/०७१ मा निर्बाचन आयोगमा दर्ता भएको राजनीति दल हो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago