बगनासकालीका जनप्रतिनिधि कुमाल वस्तीमा

पाल्पा २२, बैशाख ।
समुदायस्तरमा कोभिड संक्रमणको हल्ला फैलिएपछि वास्तविक अवस्था वुझ्न बगनासकाली गाउँपालिकाका जनप्रतिनिधि कुमाल वस्तीमा पुगेका छन् । बुधबार वडा नं. २ को कुमाल वस्तीमा जोखिम उच्च रहेको हल्ला बाहिरिए लगत्तै कार्यपालिका बैठकमा जुटेका जनप्रतिनिधिहरूको टोली सञ्चारकर्मी, स्वास्थ्यकर्मीसहित समुदायस्तरमा पुगेको हो ।

‘केही मिडियाबाट उच्चदरमा समुदाय संक्रमित भएको भन्ने खबर बाहिरिएपछि समुदायको अवस्था बुझ्न स्थलगत अवलोकनमा निस्किएका हौं ।’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले भन्नुभयो, ‘फिल्डमै पुगेर अनुगमन गर्दा जनजीवन सामान्य रहेको पाइयो ।’

वडा नं. २ माझगाउँकी ३५ वर्षीय रिता कुमालले चारपाँच दिन माझगाउँ वस्तीका ९ घरका केही व्यक्तिमा सामान्य ज्वरोको लक्षण देखिएको बताइन । ‘साता अघि यहाँका सवैजसो घरका व्यक्तिमा अलिअलि ज्वरो आएको थियो, अहिले सवैलाई ठिकै छ ।’ सोही ठाउँकी ४० वर्षीय विरुमान कुमालले सामान्य खोकी लागेको बताए ।

वडा २ को डहरपारी, हडियाकुना, माझघर र बेलगैरामा गरी १०० घर कुमाल वस्ती रहेकोमा १० घरका व्यक्तिमा मात्र रुघाखोकी र ज्वरोको लक्षण देखिएको सोही वडाकै वडासदस्य राजेन्द्र रानाले जानकारी दिनुभयो । ‘रुघाखोकी, ज्वरोका विरामीलाई पिसिआर गर्नको लागि अनुरोधसहित म घरैपिच्छे अवस्था बुझ्दै हिंडेको छु ।’ उहाँले संकलन गरिएका व्यक्तिको गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा पिसिआर चेक गरिने बताउनुभयो । तस्बिर : भोजराज भट्टराई ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago