पाल्पा २२, बैशाख ।
समुदायस्तरमा कोभिड संक्रमणको हल्ला फैलिएपछि वास्तविक अवस्था वुझ्न बगनासकाली गाउँपालिकाका जनप्रतिनिधि कुमाल वस्तीमा पुगेका छन् । बुधबार वडा नं. २ को कुमाल वस्तीमा जोखिम उच्च रहेको हल्ला बाहिरिए लगत्तै कार्यपालिका बैठकमा जुटेका जनप्रतिनिधिहरूको टोली सञ्चारकर्मी, स्वास्थ्यकर्मीसहित समुदायस्तरमा पुगेको हो ।
‘केही मिडियाबाट उच्चदरमा समुदाय संक्रमित भएको भन्ने खबर बाहिरिएपछि समुदायको अवस्था बुझ्न स्थलगत अवलोकनमा निस्किएका हौं ।’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले भन्नुभयो, ‘फिल्डमै पुगेर अनुगमन गर्दा जनजीवन सामान्य रहेको पाइयो ।’
वडा नं. २ माझगाउँकी ३५ वर्षीय रिता कुमालले चारपाँच दिन माझगाउँ वस्तीका ९ घरका केही व्यक्तिमा सामान्य ज्वरोको लक्षण देखिएको बताइन । ‘साता अघि यहाँका सवैजसो घरका व्यक्तिमा अलिअलि ज्वरो आएको थियो, अहिले सवैलाई ठिकै छ ।’ सोही ठाउँकी ४० वर्षीय विरुमान कुमालले सामान्य खोकी लागेको बताए ।
वडा २ को डहरपारी, हडियाकुना, माझघर र बेलगैरामा गरी १०० घर कुमाल वस्ती रहेकोमा १० घरका व्यक्तिमा मात्र रुघाखोकी र ज्वरोको लक्षण देखिएको सोही वडाकै वडासदस्य राजेन्द्र रानाले जानकारी दिनुभयो । ‘रुघाखोकी, ज्वरोका विरामीलाई पिसिआर गर्नको लागि अनुरोधसहित म घरैपिच्छे अवस्था बुझ्दै हिंडेको छु ।’ उहाँले संकलन गरिएका व्यक्तिको गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा पिसिआर चेक गरिने बताउनुभयो । तस्बिर : भोजराज भट्टराई ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…