होटल तथा रेष्टुरेन्ट स्तरिकरणको लोगो वितरण हुँदै, पुर्ब तयारीका लागी अभिमुखिकरण कार्यक्रम

जयराम सापकोटा
पाल्पा, २४ चैत ।
होटल तथा रेष्टुरेन्टको स्तरिकरण का लागी लोगो वितरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ । मङ्गलबार पाल्पाको तानसेनमा भएको संक्षिप्त्त कार्यक्रममा खाध्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेन्टको स्तरिकरण हुने खाध्य प्रविधि नियन्त्रण कार्यालय भैरहवाका प्रमुख श्रवण कुमार ढुँगानाले बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले होटल स्तरिकरणका लागि २ वर्ष अघि वितरण गरेको स्टिकरको अवस्था के कस्तो छ भनी जाँच गर्नु पर्ने, व्यवसायीलाई अरुले कारवाही गर्ने होइन आफै सुध्रिन पर्ने कुरामा जोड दिनु दिए । पाल्पा उध्योग वाणिज्य सँघका उपाध्यक्ष तथा पाल्पा मदिरा व्यवसायी सँघका अध्यक्ष यादवसिँह कार्किले जति कार्यक्रम गरेपनि चेतना नहुदा सम्म सुधार नहुने भन्दै कोभिडको वेला राज्य आफैले व्यवसाय वन्दगर्न उर्दिजारी गरेको र बन्द गराएकै अवधि सम्मको कर व्याज भाडा छुटका लागि राज्यले पहल सम्म नगरेको गुनासो व्यक्त गरे । आफु मदिरा व्यवसायी संघको अध्यक्ष रहेको नाताले भन्नुपर्दा सरकारले मदिरा व्यवसायीलाई कर सवै भन्दा वढिलिने तर मदिरा व्यवसायीलाई घृणित दृष्टिकोणले हेर्ने गरेको भन्दै राज्य प्रति आक्रोश व्यक्त गरे।
पाल्पा होटल व्यवसायी संघका अध्यक्ष मोहन श्रेष्ठले पाल्पालीले होटल व्यवसायमा दुई सय करोड भन्दा वढि लगानी गरेका भन्दै हाल सवैभन्दा मारमा परेको यो व्यवसायले आफू पिडामा रहेर पनि सरकारको पर्यटन नारालाइ सबल र सुध्रिढ देखाउने प्रयत्न गरेको बताए । उनले आफुहरुले होटल व्यवसायको केन्द्रीय भेला पाल्पामा राखेर थोरै भएपनि यहाँका सवै खाले व्यवसायीलाई आर्थिक लाभ दिलाउन र पाल्पाको धार्मिक, सास्कृतिक, र सामाजिक पहिचानलाई उचो राख्न पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको टिम रातदिन लागि परेको कुरा उक्त कार्यक्रम मार्फत सवैलाई जानकारी दिए ।
३३ जनाको सहभागिहरुका बिचमा खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाको आयोजना र पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी सँघको सह-आयोजनामा पाल्पा जिल्ला समन्वय समितिको शभाहलमा कार्यक्रम चलेको थियो । नियन्त्रण प्रमुख श्रवण कुमार ढुँगानाको शभापतित्व र नियन्त्रण कार्यालय पाल्पाका निमित्त प्रमुख नरेश श्रेष्टको संचालनमा कार्यक्रम चलेको थियो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago