होटल तथा रेष्टुरेन्ट स्तरिकरणको लोगो वितरण हुँदै, पुर्ब तयारीका लागी अभिमुखिकरण कार्यक्रम

जयराम सापकोटा
पाल्पा, २४ चैत ।
होटल तथा रेष्टुरेन्टको स्तरिकरण का लागी लोगो वितरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ । मङ्गलबार पाल्पाको तानसेनमा भएको संक्षिप्त्त कार्यक्रममा खाध्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेन्टको स्तरिकरण हुने खाध्य प्रविधि नियन्त्रण कार्यालय भैरहवाका प्रमुख श्रवण कुमार ढुँगानाले बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले होटल स्तरिकरणका लागि २ वर्ष अघि वितरण गरेको स्टिकरको अवस्था के कस्तो छ भनी जाँच गर्नु पर्ने, व्यवसायीलाई अरुले कारवाही गर्ने होइन आफै सुध्रिन पर्ने कुरामा जोड दिनु दिए । पाल्पा उध्योग वाणिज्य सँघका उपाध्यक्ष तथा पाल्पा मदिरा व्यवसायी सँघका अध्यक्ष यादवसिँह कार्किले जति कार्यक्रम गरेपनि चेतना नहुदा सम्म सुधार नहुने भन्दै कोभिडको वेला राज्य आफैले व्यवसाय वन्दगर्न उर्दिजारी गरेको र बन्द गराएकै अवधि सम्मको कर व्याज भाडा छुटका लागि राज्यले पहल सम्म नगरेको गुनासो व्यक्त गरे । आफु मदिरा व्यवसायी संघको अध्यक्ष रहेको नाताले भन्नुपर्दा सरकारले मदिरा व्यवसायीलाई कर सवै भन्दा वढिलिने तर मदिरा व्यवसायीलाई घृणित दृष्टिकोणले हेर्ने गरेको भन्दै राज्य प्रति आक्रोश व्यक्त गरे।
पाल्पा होटल व्यवसायी संघका अध्यक्ष मोहन श्रेष्ठले पाल्पालीले होटल व्यवसायमा दुई सय करोड भन्दा वढि लगानी गरेका भन्दै हाल सवैभन्दा मारमा परेको यो व्यवसायले आफू पिडामा रहेर पनि सरकारको पर्यटन नारालाइ सबल र सुध्रिढ देखाउने प्रयत्न गरेको बताए । उनले आफुहरुले होटल व्यवसायको केन्द्रीय भेला पाल्पामा राखेर थोरै भएपनि यहाँका सवै खाले व्यवसायीलाई आर्थिक लाभ दिलाउन र पाल्पाको धार्मिक, सास्कृतिक, र सामाजिक पहिचानलाई उचो राख्न पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको टिम रातदिन लागि परेको कुरा उक्त कार्यक्रम मार्फत सवैलाई जानकारी दिए ।
३३ जनाको सहभागिहरुका बिचमा खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाको आयोजना र पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी सँघको सह-आयोजनामा पाल्पा जिल्ला समन्वय समितिको शभाहलमा कार्यक्रम चलेको थियो । नियन्त्रण प्रमुख श्रवण कुमार ढुँगानाको शभापतित्व र नियन्त्रण कार्यालय पाल्पाका निमित्त प्रमुख नरेश श्रेष्टको संचालनमा कार्यक्रम चलेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago