वाग्मती प्रदेशसभा बैठकमा प्रतिपक्षको विरोध

मकवानपुर, २४ चैत । वाग्मती प्रदेशसभाको आजको बैठक शुरु भएलगतै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशसभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध गर्नुभयो ।

फाइल फोटो

उहाँले सरकारले एकलौटी ढङ्गबाट जिल्लामा बजेट निकासा र योजनाको बाँडफाँट गरी प्रतिपक्ष दललाई उपेक्षा गरेको आरोप लगाउनुभयो । सरकारले एक पक्ष ढङ्गबाट प्रदेशका विभिन्न जिल्लामा विद्युतीय बस सञ्चालन गर्ने भनि आह्वान गरिएको बोलपत्र नाजायज भएको र सो बोलपत्र तत्काल सरकारले नै रद्द गर्नुपर्ने उहाँको माग थियो । प्रदेशसभाका सभामुखले पनि सरकारको दबाबमा परेर अविश्वासको प्रस्तावमाथि तलफल गर्ने वातावरण सिर्जना गर्न नसक्नुभएको बताउँदै नेता कट्टेलले प्रदेशसभाको विभिन्न समिति र कार्यपरामर्श समितिको बैठकमा पनि प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षलाई सूचनासमेत नदिएर छलफल अगाडि बढाएकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले संसद्मा पेश गरिएको अविश्वासको प्रस्ताव छलफलमा ल्याउन माग गर्दै आफ्नो दलको तर्फबाट फिर्ता नहुने र छलफलमा पराजित भएमा सो नतिजालाई स्वीकार गर्ने बताउनुभयो । नेता जम्मकट्टेलले आफ्नो मन्तव्य सकिनेबित्तिकै उहाँका दलका प्रदेशसभाका सांसदले आ–आफ्नो आसनबाट उठेर बैठकको विरोध गर्नुभएको थियो । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले चैत २५ गते दिउँसो ११ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago