फाइल फोटो
मकवानपुर, २४ चैत । वाग्मती प्रदेशसभाको आजको बैठक शुरु भएलगतै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशसभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध गर्नुभयो ।
उहाँले सरकारले एकलौटी ढङ्गबाट जिल्लामा बजेट निकासा र योजनाको बाँडफाँट गरी प्रतिपक्ष दललाई उपेक्षा गरेको आरोप लगाउनुभयो । सरकारले एक पक्ष ढङ्गबाट प्रदेशका विभिन्न जिल्लामा विद्युतीय बस सञ्चालन गर्ने भनि आह्वान गरिएको बोलपत्र नाजायज भएको र सो बोलपत्र तत्काल सरकारले नै रद्द गर्नुपर्ने उहाँको माग थियो । प्रदेशसभाका सभामुखले पनि सरकारको दबाबमा परेर अविश्वासको प्रस्तावमाथि तलफल गर्ने वातावरण सिर्जना गर्न नसक्नुभएको बताउँदै नेता कट्टेलले प्रदेशसभाको विभिन्न समिति र कार्यपरामर्श समितिको बैठकमा पनि प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षलाई सूचनासमेत नदिएर छलफल अगाडि बढाएकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले संसद्मा पेश गरिएको अविश्वासको प्रस्ताव छलफलमा ल्याउन माग गर्दै आफ्नो दलको तर्फबाट फिर्ता नहुने र छलफलमा पराजित भएमा सो नतिजालाई स्वीकार गर्ने बताउनुभयो । नेता जम्मकट्टेलले आफ्नो मन्तव्य सकिनेबित्तिकै उहाँका दलका प्रदेशसभाका सांसदले आ–आफ्नो आसनबाट उठेर बैठकको विरोध गर्नुभएको थियो । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले चैत २५ गते दिउँसो ११ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…