पाल्पा २४ चैत्र । तानसेनको काजिपौवामा बोलेरो जिप दूर्घटना हुदा दुईजनाको मृत्य भएको छ । गए राती साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको बोलेरो जिप दूर्घटना हुदा चालक बगनासकाली ४ का बर्ष २० का बिजय खाम्चा र रिब्दीकोट ४ का बर्ष २७ का राज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते भएका उनिहरुको उपचारका लागी युनाईटेड मिसन अस्पताल पाल्पा पठाईएकोमा डाक्टर द्वारा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । तानसेन नगरपालिका- ७ काजीपौवा स्थित भित्री कच्ची सडक खण्डमा खुशी फ्रेस हाउसमा कुखुरा राखी तानसेन तर्फ जाने क्रममा दुर्घटना भएको हो । घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…