प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा जोड

मकवानपुर, २२ फागुन नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले लोकतन्त्र, मानव अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि सरकार र सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

फाइल फोटो

चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाको १२औँ वार्षिक साधारणसभामा उहाँले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कसैले पनि आँच पु¥याउने गतिविधि गर्न नहुने बताउनुभएको हो । महासचिव विष्टले पत्रकारको पनि आम नागरिक तथा राज्यप्रति महत्वपूर्ण जिम्मेवारी हुने भएकाले अझै संवेदनशील भएर कमीकजोरीलाई सुधार्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । चलचित्र पत्रकार सङ्घ नेपालको सङ्गठन उपाध्यक्ष कुवेर डङ्गोलले चलचित्र छायाङ्कनका लागि मकवानपुरका विभिन्न स्थान उपयुक्त भएको बताउँदै चलचित्रको माध्यमबाट स्थानीय पर्यटन प्रवद्र्धन गर्नुपर्ने सुझाव दिनुभयो । पत्रकार महासङ्घका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीले समाजको अग्रगामी रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण र समाजप्रति जिम्मेवार हुने भएकाले राज्यले पनि पत्रकारिता क्षेत्रप्रति प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका सचिव श्रीराम दाहालले पेश गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन सभाले सर्वसम्मतिले पारित गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पूर्वअध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, उपाध्यक्ष कुमार अधिकारीले पत्रकारजगत् निकै संवेदनशील हुनुपर्नेमा बताउनुभयो । सङ्घका जिल्ला अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका संस्थापक र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago