प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा जोड

मकवानपुर, २२ फागुन नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले लोकतन्त्र, मानव अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि सरकार र सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

फाइल फोटो

चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाको १२औँ वार्षिक साधारणसभामा उहाँले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कसैले पनि आँच पु¥याउने गतिविधि गर्न नहुने बताउनुभएको हो । महासचिव विष्टले पत्रकारको पनि आम नागरिक तथा राज्यप्रति महत्वपूर्ण जिम्मेवारी हुने भएकाले अझै संवेदनशील भएर कमीकजोरीलाई सुधार्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । चलचित्र पत्रकार सङ्घ नेपालको सङ्गठन उपाध्यक्ष कुवेर डङ्गोलले चलचित्र छायाङ्कनका लागि मकवानपुरका विभिन्न स्थान उपयुक्त भएको बताउँदै चलचित्रको माध्यमबाट स्थानीय पर्यटन प्रवद्र्धन गर्नुपर्ने सुझाव दिनुभयो । पत्रकार महासङ्घका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीले समाजको अग्रगामी रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण र समाजप्रति जिम्मेवार हुने भएकाले राज्यले पनि पत्रकारिता क्षेत्रप्रति प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका सचिव श्रीराम दाहालले पेश गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन सभाले सर्वसम्मतिले पारित गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पूर्वअध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, उपाध्यक्ष कुमार अधिकारीले पत्रकारजगत् निकै संवेदनशील हुनुपर्नेमा बताउनुभयो । सङ्घका जिल्ला अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका संस्थापक र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago