भविन्द्र गौतम
पाल्पा, २३ फागुन ।
यतिबेला चर्चामा रहेको सिद्धार्थ राजमार्गको पाल्पा सडक खण्ड अहिले खण्डहर अवस्थामा छ । कतिपय स्थानमा बर्षातमा खसेको पहिरो हटेको छैन ।सडकको धेरैजसो स्थानमा खाल्डाखुल्डी रहेका छन । सबैजसो ठाउ धुलाम्मे अवस्थामा रहेको छ । यो बाटोमा यात्रा गर्ने यात्रुले निकै सास्ती पाईरहेका छन । सवारी चापका कारण समयमा आफ्नो गन्तब्यमा पुग्न निकै कष्ट भोग्नुपरेको छ ।

सिद्धार्थ राजमार्ग बेलहिया देखि पोखरा सम्म १८० किलोमीटर रहेको छ । जसमध्ये बेलहिया देखि बुटवल चौराहासम्म २५ किलोमिटर क्षेत्रमा ६ लेनको सडक निर्माण भई सञ्चालनमा आएको छ भने चौराहा देखि चिडियाखोला सम्म बिस्तारको क्रममा रहेको छ । पाल्पाको सिमाना चिडियाखोला देखि पोखरासम्मको १५६ किलोमिटर क्षेत्रमा कतै एक लेन त कतै मुस्किलले दुई लेनको सडक सञ्चालनमा रहेको छ । जुन सडकको पाल्पा खण्ड निकै चर्चामा रहेको छ ।                      सडक डिभिजनले राष्ट्रिय राजमार्ग अन्तर्गत  NH49  सहायक मार्गको होलाङ्गदी – टक्सार – ढुङ्गाखानी सडक रहेको भनी सुचना निकालेको मा के आधारमा हो भनी प्रमाण समेत तानसेन नगरपालिकाले सडकसंग माग गरेको छ । यसले बर्तुङ्ग – तम्घास सडकखण्डको (होलाङ्गदी- ढुङ्गाखानी, तानसेन हुँदै र धरमपानी हुँदै) सहायकमार्गको सिमा र क्षेत्राधिकार सम्बन्धमा नगरपालिका आफै अझैसम्म अलमलमा रहेको प्रस्ट हुन्छ ।

बिक्रम सम्बत २०२५ सालमा बनेको यो राजमार्ग बनेको थियो । यो सडकको सिमा सार्वजनिक सडक ऐन २०३१ अनुसार सडकको केन्द्र बिन्दुबाट दायाँ–बायाँ २५र२५ मिटर कायम रहेको छ । यो राजमार्ग निर्माणको समयमा सडक सीमाभित्र धेरै घर थिएनन् । अहिलेसम्म यो राजमार्ग को पाल्पा खण्डमा पक्की तथा कच्ची गरी ७ सय घर रहेका छन । जसमध्ये करिब ४ सय पक्की घर छन् भने ३ सय कच्ची घर रहेको सडक डिभिजनकार्यालय पाल्पाको तथ्यांकमा रहेको छ । सडक मिचेर घर निर्माण गर्दासमेत सडक विभागले कुनै अवरोध नगर्दा यति धेरै संख्यामा घर निर्माण भएका हुन् । जुन घरहरु अहिले भत्काउने चर्चामा छन ।

राजमार्गको पाल्पा खण्डमा अधिकांश सडक अतिक्रमण भएको छ । दिनहुँ सडक अतिक्रमण हुँदा अहिलेको सवारी चाप थेग्नसक्ने अवस्थामा छैन । जसका कारण राजमार्ग जीर्ण हुँदै गएको छ ।निर्माणका समयमा १० टन क्षमताका लागि निर्माण भएको सडकमा अहिले अत्याधिक भार बोकेका सवारीसाधन सञ्चालन हुँदै आएका छन । अत्याधिक भारसहितका टिप्पर, तानसेन बुटवल सडकखण्डमा दैनिक २ हजारभन्दा बढीले चुनढुंगा ढुवानी गर्दै आएका छन् ।

डिभिजन सडक कार्यालय पाल्पाले राजमार्गको पाल्पा खण्डको दायाँबायाँ २५ मिटरभित्र पर्ने घर हटाउन सिमा भित्रका घरमा रातो चिन्ह लगाईसकेको र निर्माण भएका भौतिक संरचना हटाउन माइकिङ गरी सार्बजनिक सुचना समेत जारी गरेको छ । तर समुदाय स्तरबाट राजमार्गमा खसेको पहिरो हटाउन र बर्षातमा बनेका खाल्डाखुल्डी हटाउन नसक्ने सडक डिभिजन पाल्पाले नागरिकका घर भत्काउने कार्य प्रती बिरोधको आवाज उठ्न थालेको छ ।

स्थानिय सरकारको प्रयास
जिल्लाको वगनाशकाली गाउँपालिकाले जनताको लिखित माग अनुसारको सडक विभागलाइ पत्र लेख्ने निर्णय गरेको छ । सडक विस्तार हुने जग्गामा अग्रिम चिन्ह लगाउनुपर्ने, केन्द्र, प्रदेश र स्थानीय सरकारसँग छलफल गर्नुपर्ने, उचित क्षतिपूर्ती दिनुपर्ने गाउँपालिकाले जनाएको छ । जसमा वातावरणीय प्रभावलाइ ध्यान दिनुपर्ने जनाएको छ । सवारी चापका आधारमा मापदण्ड तयार गर्नुपर्ने, जग्गा खाली गराउने समय तोकिनुपर्ने, मुआब्जाको व्यवस्था गर्नुपर्ने भन्ने जनताको माग अनुसार सडक विभागलाइ पत्र लेखि पठाउने निर्णय गाउँपालिकाले गरेको अध्यक्ष कृष्ण प्रसाद बश्यालले बताउनुभयो ।

स्थानीयको आक्रोश
पहाडमा ५० मिटरको बाटो सम्बभ छ रु प्रदेस सरकारबाट तराइ र पहाडको मापदण्डलाइ पुनरबिचार गरि संघिय सरकारलाइ समेत पुनरबिचार गर्न सम्वन्नय गर्ने कार्य गरियोस । केहि डलरका लागि बिस्तारको नाममा बाटो नजिकका घर फाल्नु मात्र हो भने त्यस्तो बिकास आवस्यक छैन । ७ मिटरको बाटोमा रहेका बर्षौ देखिका खाल्डा खुल्डि र पहिरोको ब्यवस्थापन गर्न नसक्नेले ५० मिटरको बाटो बनाउनु कल्पना भन्दा बाहिरको कुरा रहेको आक्रोस स्थानीयको रहेको छ । सहि तरिकाले खालि ठाउ बाट बाटो बिस्तार हुदै जान्छ भने जनताले सहज रुपमा घर खालि गर्ने छन कोहि बिकासको बाधक बन्ने छैनन तर आतंक मच्चाउने काम बन्द गरि खालि स्थानबाट सडक बिस्तर गर्ने कार्य गर्नुपर्ने झुम्सा स्थानीय कृष्ण पाण्डेले बताउनुहुन्छ ।

डुम्रेबासीको ध्यानाकर्षण
सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा देखि राम्दीसम्मका बाटो बाट दाया र बाया रहेको घरहरु फाल्नका लागी मिति २०७७ फागुन १७ माइकिङ गर्दै आएकोमा मदनपोखराडुम्रे क्षेत्रका बासिन्दाहरु त्रसित भएका छन् । यसै स्वरुप ध्यानाकर्षण गर्नका लागी सर्घष समिति पनि बनेका जसमा सडकमा कुनै स्तरउन्नती नगरी घरटहरा फाल्ने मात्र मनसाय राखिएको, सिद्धबाबा अन्तरगतको बाटो र सुरुङ मार्गको बारेमा केहि काम सुरु नगरिएको, सडक कटान गरिएको स्थानमा पनि अझ सम्म धुलाम्मे राखिएको हुदा तत्काल यस्तो सडक अव्यवस्थीत बनाउने, आर्थीक विचलन गराउने काम बन्द गराउनुहुन हार्दिक अनुरोध गरेको छ । “यसका लागी यस क्षेत्र अन्तरगतका जनप्रतिनिधिहरु पनि मौन नबस्न, प्रदेश तथा केन्द्रिय सभासद तथा राजनैतिक तहबाट जिम्मेबार व्यक्तित्वहरुले जिम्मेबार पुर्वक उचित पहल कदमी गर्न हार्दिक अनुरोध गर्दछौ । यदि सिद्धबाबाको बाटो, खाली स्थानमा पुर्वाधार निमार्ण गर्दै आएको खण्डमा यस स्थानका सबै पिडित घरधुरीहरु आफै स्वतस्फुत रुपमा खाली गर्ने पनि बाचा गदछौ” । भनी डुम्रे सर्घष समितिले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

तानसेन नगरपालिकाको मौनता
सडकको बिस्तारका लागी बर्तुङ्ग लामिडाडा प्रभास क्षेत्रमा चौडा गर्न सडक डिभिजन संग सहकार्य गरेपनी बिस्तारित सडक कालोपत्रेमा भने ध्यान दिएको छैन । बर्तुङ्ग देखि तानसेन सडक खण्डपनी अलपत्र छ । तर नगरपालिकाले थालेका कामहरु सम्पन्न भईसकेका छैनन । थालिएका योजना अलपत्र छाडेर अर्को सुचना मार्फत घर भत्काउन नगरप्रमुखले स्वीकृति दिनुभएको छ । आफ्नो क्षेत्रभित्र पर्ने होलाङ्गदी टक्सारमोड सडक बिस्तार कार्यपालिकाले गरेको निर्णय समेत कार्यान्वयन भएको छैन । यता राजमार्गमा भने स्थानियको बिचल्ली हुने गरि २५ मिटर क्षेत्राधिकार कार्यान्वयन गर्न सडकलाई नगरप्रमुखले उकास्नु भएको छ । यसबाट अरुलाई अगाडि सारेर आफ्नो स्वार्थ पुरागर्न थालेको स्थानीयको आरोप छ ।

सडक डिभिजनले राष्ट्रिय राजमार्ग अन्तर्गत  NH49  सहायक मार्गको होलाङ्गदी – टक्सार – ढुङ्गाखानी सडक रहेको भनी सुचना निकालेको मा के आधारमा हो भनी प्रमाण समेत तानसेन नगरपालिकाले सडकसंग माग गरेको छ । यसले बर्तुङ्ग – तम्घास सडकखण्डको (होलाङ्गदी- ढुङ्गाखानी, तानसेन हुँदै र धरमपानी हुँदै) सहायकमार्गको सिमा र क्षेत्राधिकार सम्बन्धमा नगरपालिका आफै अझैसम्म अलमलमा रहेको प्रस्ट हुन्छ ।
तानसेन नगरपालिकाले तानसेन भित्रका सडकमा प्रवेश गर्ने सवारीसाधनसङ्ग सडक पुर्बाधार उपभोग शुल्क लिन लागेपछि यो सडकमा शुल्क लिन नमिल्ने भनी सडक डिभिजन मार्फत जिल्ला प्रशासन कार्यालय पाल्पाले रोक लगाएको थियो । तानसेन नगरपालिकाले आफ्नो बजार क्षेत्रमा रहेका प्याराफिट समेत भत्काउन नसक्ने र जनताका घर भत्काउने कुरामा मौनता देखाउदा स्थानीयले आक्रोश पोखेका छन ।

नागरिक बिकासको बाधक हुनु हुदैन तर सडक निर्माणको कुनै योजना र बजेट बिना घरबास नै उठाउने गरी भौतिक संरचना हटाउन लाग्नु स्वभाभिक लिन सकिँदैन । सडकको स्तरउन्नती गर्ने योजना भएमा आवस्यकता अनुसार आफै संरचना हटाउन तयार रहेको बुझिन्छ । सिद्धार्थ राजमार्गको पहिरो र खाल्डाखुल्डीको ब्यवस्थापन गर्न बजेट छैन भन्ने डिभिजन सडकले पक्कीसंरचना भत्काउन खोज्नु आफैमा आश्चर्य छ । यसको जवाफ राजमार्ग बासिलाई दिन जरुरी छ ।

bhabindra gautam

Recent Posts

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै शिक्षकहरूको प्रदर्शन

काठमाडौँ— नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। बुधबार महासंघले माइतीघर मण्डलादेखि बिजुली…

55 years ago

झापाको किच्चकबध स्थलमा आठौँ चरणको उत्खनन, दरबारको जग भेटियो

झापा, भद्रपुर नगरपालिका–३ स्थित ऐतिहासिक किच्चकबध स्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ।…

55 years ago