ठगीदै उपभोक्ता: दुध डेरीमा अनुगमन घिउको तौलमा कमी

पाल्पा, २३ फागुन
तानसेनको बजार क्षेत्रमा ठुला चाडबाडको बेला मात्र औपचारिकता निभाउन गरिने बजार अनुगमन, अहिले भने तिब्रता पाएको छ । अनुगमनले तिब्रता पाएसङ्गै उपभोक्ता ठगिनबाट बचेका छन । कोराना कहरका बेला अनुगमन सुस्ताएको मौका छोपी तानसेन नगरपालिका दुध डेरी र मिठाइ पसलहरुले कम तौलको घिउ बिक्री गरेर उपभोक्ताहरुलाई ठगी गरेको पाइएको छ ।

तानसेन नगरपालिका कार्यालय सहितको संयुक्त अनुगमन टोलीले गरेको अनुगमनमा यस्तो भेटिएको हो । डेरी पसलमा घिउको तौलमा कम, डिब्बामा लेवल नराख्ने, आईसक्रिममा उत्पादन मिति नराख्ने, पसलमा सरसफाइ नगर्ने, दुध र दही बिक्रीमा प्याकेजिङ नगरेको भेटिएको छ । अनुगनमा शंका लागेपछि गु्णस्तर निर्धारणका लागी दुध, दही, घिउ, छुर्पी र मिठाइहरुको नमूना परिक्षण गर्न खाद्यय प्रविधी तथा गुण नियन्त्रण कार्यालय प्रयोशाला भैरहवामा पठाइएको छ । नमुना संकलन गरी परिक्षणलाई पठाएको रिर्पोट आएपछि व्यवसायीहरुलाई सचेत गराउने वा कारवाही गर्ने भन्ने निर्णय हुनेछ । नजानिदो तरिकाले डेरी पसलहरुले उपभोक्ता ठगेको दखियो, संचालकहरुसंग बसेर कुरा गछौ र कार्यान्वयन नगरे डेरी संचालकहरु कारवाही समेत गर्ने तानसेन नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रेमशलाल न्यौपाने बताउनु भयो ।
बजारका एक दर्जन डेरी पसलहरुमा एक किलो घिउमा एक सय ग्रामसम्म कम भेटिएको हो । डेरी पसलहरुले उपभोक्ताहरुलाई घिउ मात्रै एक किलो दिनुपर्ने भएपनि घिउ राखेको डिब्बा समेत घीउको तौलमा गाभेका छन् । नियमित बजार अनुगमनको अभावमा व्यापारीहरुले उपभोक्ताहरुलाई ठगी गर्ने गरेका छन् । दुध, मासु र अन्य खाद्यन्नमा व्यावसायहीरुको तौल कम दिने, तोकिएको मुख्य भन्दा बढी लिने, म्याद सकिने बस्तु बिक्री गर्ने वा स्वास्थ्यका लागि हानी पुग्ने बस्तुहरु पनि बिक्री गर्ने गरेका उद्दाहरण छन् । जसको नियन्त्रणका लागी बजार अनुगमन लाई तिब्रता दिन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago