नेपालगञ्ज,महिला तथा किशोरीका लागि तीन दिने आत्मसुरक्षा तालीम नेपालगञ्जमा शुरु भएको छ । एक सय एघारौँ अन्तर्राष्ट्रिय महिलादिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मूल समरोह समितिको आयोजनामा शुक्रबारदेखि महिलाका लागि तीन दिने तालीमशुरु गरिएको हो ।
तालीमको उद्घाटन समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक किरण रााणाले शारीरिक र मानसिकरुपमा सक्रिय भएमा महिलालाईआत्मसुरक्षामा सहयोग पुग्ने बताउनुभयो । उहाँले महिला यस सृष्टिका सबैभन्दा बलवान व्यक्ति भएकाले आफूलाई कहिल्यै पनिपुरुषभन्दा कमजोर नठान्न सहभागीलाई आग्रह गर्नुभयो ।
उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालीमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्नसिकाउने आशा व्यक्त गर्नुभयो । उहाँले राज्यले महिलालाई सुरक्षा, समावेशी, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भए पनित्यसको कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष नमस्कार शाह, इन्प्रोककाअध्यक्ष तेजविक्रम शाह, स्वास्थ्य तथा शिक्षा विकास केन्द्रका उपाध्यक्ष गणेशप्रसाद भट्टराईलगायतले बोल्नुभएको थियो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…