तानसेन, १९ मङ्सिर । नमुना बहुउद्देश्यीय सहकारी संस्थाको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहिले समभाब राखी उत्पादनमुखी काममा ऋण प्रवाहगरि सदस्यलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।
सहकारीको संख्या होइन गुणात्मक बिकास गर्नुपर्ने अहिलेको आवस्यकता रहेको बताउदै सहकारी कर्मीलाई प्रशिक्षण र लगानीको सुरक्षणका निम्ति नगर सरकारको सहयोग गर्ने, कृषिमा आधारित भएर अनुदान दिने, कृषि उपजको बितरणका लागी ब्यवस्थित र आधुनिक प्याकेज ल्याउने नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । सदस्यको क्षमता बिकासका निम्ति नमुना सहकारी सफलताको सिडि बन्न सकोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।
जिल्ला सहकारी संघका सचिब कृश्न भुसाल, श्रीनगर यातायात सेवा कम्पनीका कम्पनि सचिब भबिन्द्र गौतमले शुभकामना ब्यक्त गर्दै सहकारीले नीति विधि र प्रबिधिको प्रयोग गरि शेयर सदस्यको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाले आगामी बर्षमा सुपथ पसल सन्चालन गर्ने लक्ष्य लिएको छ । सहकारीका ३ सय ९२ शेयर सदस्यबाट १८ लाख ४१ हजार बराबरको शेयर पुजी रहेको छ । सहकारीले आर्थिक बर्ष ०७७/७८ मा १ लाख ३२ हजार नाफा गरेको छ । सहकारीको कुल कारोबार १ करोड १४ लाख रहेको छ । साधारणसभाको अवसरमा उत्कृष्ट काम कर्मचारी, नियमित बचतकर्ता, असल ऋणीहरुलाई सम्मान गरेको थियो ।
संस्था आर्थिक प्रतिबदेन कोषाध्यक्ष टेक बहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । बार्षिक साधारण सभाको कार्यक्रम संस्थाका अध्यक्ष नवीन थापाको अध्यक्षता, सदस्य नारायण पौडेलको स्वागत र सहसचिब नरमती सिन्जालीको सन्चालनमा सम्पन्न भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…