फाइल फोटो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुनुपर्ने बताएका छन् ।
ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई शंखधर साख्वाःले ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाएको दिनलाई प्राचीनकालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको ओलीले सन्देशमा भनेका छन्।
नेपाल सम्बत् ११४२ को यस सुखद् अवसरमा काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको ओलीले स्मरण गरेका छन्।‘बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको छ,’ओलीले भनेका छन्,‘यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझापूँजीका रुपमा अङ्कित छन्।’
‘हामीले नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गराएका थियौं,’उनले भनेका छन्,‘राष्ट्रको समृद्धिको यस अभियानमा गरिएका विभिन्न खाले अवरोधलाई सचेतता पूर्वक परास्त गर्दै राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु।’
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…